बालबालिकालाई दिवा खाजा व्यवस्था

Pphoto

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

नगर शिक्षा समितिको सिफारिसअनुसार नगर कार्यपालिकाले विकास केन्द्रमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने निर्णय आइतबार गरेको हो । बैठकले कक्षा १ देखि ५ सम्मका विपन्न वर्गका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि मापदण्ड बनाउने निर्णय कार्यपालिका बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

सामुदायिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई खाजा बाकस उपलब्ध गराउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र उनीहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले हालै समायोजन भएका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको व्यवस्थापन गर्ने शिक्षा समितिको निर्णयलाई अनुमोदन गरेको बताए ।

यस्तै बैठकले शिक्षा नियमावली, २०७४ मा उल्लिखित व्यवस्थाका अतिरिक्त संस्थागत विद्यालयले उपलब्ध गराउने पूर्ण छात्रवृत्तिका सन्दर्भमा पनि निर्णय गरेको प्रवक्ता श्रीले जानकारी दिए । सोअनुसार कक्षा १ देखि ५ सम्म सञ्चालित संस्थागत विद्यालयले १, कक्षा ८ सम्म सञ्चालित विद्यालयले दुई र माध्यामिक तह सञ्चालित संस्थागत विद्यालयले तीन जनालाई नगरपालिकाको सिफारिसमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...