नेकपा निकट शिक्षकहरुलाई बिनासर्त रिहाई गर्न शिक्षक महासंघको माग

Teacher

काठमाडौं । धरानबाट मंगलबार गिरफ्तार गरिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टि निकटका १० जना शिक्षकहरुलाई तत्काल रिहाई गर्न नेपाल शिक्षक महासंघले माग गरेको छ ।

संगठनको बैठकमा सहभागि हुन गएका शिक्षक संगठनको केन्द्रिय उपाध्यक्ष, महासचिव लगायतका शिक्षकहरुलाई अनाहकमा गिरफ्तार गरिएको भन्दै महासंघले आपत्ति जनाएको छ । महासंघले गिरफ्तार गरिएका क्षिकहरुलाई बिनासर्त रिहाई गर्नु पर्ने माग गरेको छ ।

मंगलबार विज्ञप्ति प्रकासित गरी नेपाल शिक्षक महासंघसँग आवद्ध संस्थाहरुले शान्तिपुर्ण रुपमा पेशागत गतिविधी संचालन गरिरहेको अवस्थामा पक्राउ गरिनुलाई आपत्तिजनक रुपमा लिएको महासंघले जनाएको छ ।

मंगलबार बिहानै धरानस्थित हरियाली रिसोर्टबाटबाट ति शिक्षकहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा दैलेख घर भएका केन्द्रीय उपाध्यक्ष ढकाल र काठमाडौं घर भएका महासचिव रुपाखेती सहित भोजपुर षडानन्द नगरपालिका ५ का केन्द्रीय सदस्य गोविन्द खड्का, ईलाम नगरपालिका ५ का जिल्ला सदस्य प्रेम तामाङ, ताप्लेजुङ २ फुलबारी का जिल्ला सदस्य जिननाथ भट्टराई, ताप्लेजुङ फुङलिङ ४ का जिल्ला उपाध्यक्ष सुशिला गौतम, ताप्लेजुङकै मरेली ४ का जिल्ला सदस्य गणेश लिम्बु, ताप्लेजुङ फुङलिङ २ का जिल्ला अध्यक्ष युवराज गौतम, खोटाङ ऐसेलुखर्क ६ का जिल्ला सदस्य जीवन राई र इलाम ३ की जिल्ला सदस्य खिममाया परियार रहेका छन् ।

पक्राउ परेका दशै जनालाई सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको ईलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...