शिला र अभिषेककको अभिभावक बन्दै  भर्ना गराउन बिद्यालय पुगे मुख्यमन्त्री गुरुङ

Ps garung

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुृई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शिला जिरेल र अभिषेक नेपालीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई भर्ना गराए ।

भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक दोलखामा भूकम्पले घर भत्किएपछि हाल पोखरामा मजदूरी गर्दै आएको र नेपालीका बुबा दीर्घरोगी र आमाले मजदूरी गरी परिवारको गर्जो टार्दै आएकी छन् । 

राष्ट्रिय भर्ना अभियान, २०७५ को आज यहाँ शुभारम्भ गर्दै उनलेबेरोजगारी समस्या समाधान गर्न गुणस्तरीय शिक्षा अपरिहार्य भएकामा जोड दिए ।

कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले गुणस्तरीय शिक्षाका माध्यमबाट उत्पादित जनशक्तिले जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना हुनुपर्ने बताए । महानगरपालिका – ७ का वडाध्यक्ष रामचन्द्र बरालले भर्ना अभियान सम्पन्न पार्न सबैको सहकार्य आवश्यक हुने बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन र विद्यार्थीका सुविधालाई लक्ष्य गरी बस सेवा सञ्चालन भइसकेको बताए ।विद्यालयका प्रअ केदारनाथ अधिकारीले भर्ना अभियानअन्तर्गत हालसम्म निजी विद्यालयबाट ६० नयाँ विद्यार्थी भर्ना भइसकेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...