शैक्षिक परामर्स संघको निर्वाचनको लागि पाण्डे समुहको प्यानल सहित उम्मेदवारी घोषणा

Edu
काठमाडौँ । नेपाल शैक्षिक परामर्स संघको सातौ निर्वाचनको लागि बिष्णुहरि पाण्डे समुहले आफ्नो उम्मेदवारी सहित प्यानल घोषणा गरेको छ ।
 
आगामी २०७५ बैशाख ८ गते हुने उक्त निर्वाचनमा एमाले निकट शैक्षिक परामर्स व्यवसायीहरुको तर्फबाट बिष्णुहरि पाण्डे अध्यक्ष सहित प्यानल घोषणा गरेको हो । 
 
'सहि व्याक्ती सहि स्थान सुदृढ र सम्मृद्ध ईक्यान' भन्ने उद्घोषका साथ घोषणा गरिएको उक्त प्यानलमा  उपाध्यक्षमा देविदास भट्टाराई, खड्ग बहादुर ताम्लिङ्ग लिम्बू, सपनाराज भण्डारि रहेका छन ।
 
महासचिवमा शेषराज भट्टाराई सचिबमा श्याम बहादुर कडेल (सोम), दीपकराज भुसाल, कोषाक्षमा गोविन्द अधिकारी, सह-कोषाक्षमा निरुपमा महर्जन, सदस्यहरु प्रकाश श्रेष्ठ , पुष्पराज भट्टाराई, कर्ण बहादुर गुरुङ्ग, यज्ञविलास पौड्याल(वाईबी), बालकृष्ण श्रेष्ठ(बि.के), महेश श्रेष्ठ, बासुदेव दाहाल, सुदन चौहान र शुष्मा आचार्य लगाएत १८ सदस्यीय समुहको घोषणा भएको छ ।
 
समुहले आफुलाई शैक्षिक परामर्स व्यावसायिहरुको एक मात्र जेठो एवम् भरोस युक्त सहयात्रीको रुपमा स्थापित गरिसकेको यस संगठनले राज्य स्तरमा समेत नीति निर्माणको सन्दर्भमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएको छ ।
 
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...