के बच्चालाई विद्यालयमा भर्ना गराउँदै हुनुहुन्छ ? यी कुरा कहिले नभुल्नुस्

School

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुन लागेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अगाडी नै विद्यार्थी भर्नाको विज्ञापन आइरहेका छन् ।

छ्यापछ्याप्ती खुलेका विद्यालयहरुका आकर्षक नारा र विज्ञापनले विद्यार्थी तान्ने होडबाजी चलि नै रहेको छ । धेरै विद्यालयले प्रवेश परीक्षाका लागि आवेदन मागसमेत गरिसकेका छन् ।

कतिपय अभिभावकहरु विद्यालयका गुलिया नारामा भुल्ने गरेका छन् । तर, ती विद्यालयका गतिविधी कस्ता छन् र आफ्ना बच्चाका लागि सो विद्यालय उपयुक्त छ कि छैन भन्ने हेक्का अभिभावकले नराख्दा महंगो शुल्क तिर्न बाध्य भएका छन् ।

ध्यान दिनुपर्ने कुराहरु
आफ्ना बच्चाहरुलाई कुन र कस्तो विद्यालयमा भर्ना गराउने भन्ने कुरा अभिभावकको हातमा रहन्छ । बच्चालाई पनि विद्यालय पठाउनुअघि पर्याप्त तयारी गरौं । उनीहरुलाई मानसिक एवं शारीरिक रुपले तयार गरेपछि मात्र विद्यालय पठाउनुपर्छ ।

आफ्नो बच्चा भर्ना गर्न तयारी गर्दै हुनुहुन्छ भने हतार नगरौं । बच्चालाई पहिलो पटक भर्ना गरिदिन लाग्नुभएको छ भने अझ संयमित हुनुपर्छ ।

बच्चा विद्यालय आउजाउ गर्दा लामो दुरी छिचोल्नु परेमा त्यो निकै झन्झटिलो हुन्छ । साथै बच्चाको रेखदेख पनि राम्ररी गर्न पाइँदैन । त्यही भएर आफ्ना बच्चा पढ्ने विद्यालय घरपायक हुनुपर्छ ।

कलिला बालबच्चालाई पढाई सँगसँगै अतिरिक्त क्रियाकलापको जरुरी छ । पर्याप्त खेल मैदान भए उनीहरु सो विद्यालयमा रमाउन सक्छन् । साना बच्चालाई खेल्न, उफ्रिन, रमाइलो गर्न मन लाग्छ । त्यही भएर आफ्ना बच्चा पढाउने विद्यालयमा खेल्ने मैदान छ की छैन भनेर पनि ख्याल गरौं ।

बच्चालाई कस्तो विद्यालयमा भर्ना गर्ने ? कस्तो विद्यालय पठन पाठनका लागि उपयुक्त हुन्छ ? यो कुरा अभिभावकले नै ख्याल गर्नुपर्छ । स्तरीय विद्यालय भए मात्रै बच्चाले सहज र सरल ढंगले पठन पाठन गर्न सक्छन् ।

सबैभन्दा ठूलो कुरा आफ्ना बच्चा पढ्ने विद्यालय कति महंगो छ ? आफ्नो कमाईले धान्न सक्छ कि सक्दैन ? आफ्नो कमाई अनुसार नै आफ्ना बच्चालाई विद्यालयमा भर्ना गर्नुपर्छ । अहिले अति महंगादेखि सामान्य स्तरका विद्यालयहरु छन् । त्यो पनि ख्याल गर्नुपर्छ ।

विद्यालयको वातावरण, संरचना, शिक्षक शिक्षिका, सबै कुरा बालमैत्री छ÷छैन ? त्यो पनि ख्याल गरौं । किनकी विद्यालयको वातावरणले पनि धेरै ठूलो प्रभाव पारिरहेको हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...