किन खुवाए शिक्षकले विद्यार्थीलाई भाँङ ?

Gaja bhang

सिन्धुपाल्चोक । मानिसको पहिलो पाठशाला घर हो भने औपचारिक पाठशाला विद्यालय हो । तर, विद्यालयमै भाँङ खुवाइन्छ भने त्यो विद्यालयबाट विद्यार्थीले के सिक्लान र ?

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलका शिक्षकले नै विद्यार्थीलाई भाँङ खुवाएर शिक्षा क्षेत्रै बद्नाम मात्रै गराएका छैनन्, नीजि स्कुलप्रतिको मोह घटाएका छन् ।

गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले बालबालिकालाई बोर्डिङ स्कुल भर्ना गरे । तर, शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैँ भएका छन् । शिक्षकले जानाजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस भएका हुन् ।

बलेफी गाउँपालिका–१ जलवीरेमा रहेको ब्रह्मायणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खुवाएका थिए । लामो समय बेहोस भएका कुन्दन थापालाई धुलिखेल अस्पताल लगेर उपचार गरिएको छ । दुई विद्यार्थीको उपचार जलवीरेमै भएको थियो ।

विद्यार्थीलाई गाँजा खुवाएर गलत कार्य गरेको भन्दै तीन शिक्षकलाई जलवीरे प्रहरीले पक्राउ गरेको छ । शिक्षक सुरज बुढाथोकी, रोशन कार्की र समन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थी बेहोस भएपछि बुधबारदेखि सुरु भएको अन्तिम परीक्षा प्रभावित भएको छ । अभिभावकले बोर्डिङ प्रशासन र गाँजा खुवाउने शिक्षकको चर्को विरोध गरेका छन् ।

घटना लुकाउन बोर्डिङ स्कुलका सञ्चालक दिनेश खड्का, राम खड्का र राजु श्रेष्ठले बेहोस विद्यार्थीलाई विद्यालयबाट बाहिर निस्कन दिएका थिएनन् । तर, अवेरसम्म आफ्ना नानी घर नआएपछि अभिभावक स्कुलमै पुग्दा मात्रै बेहोस भएको भेटेका थिए ।

ति विद्यार्थीलाई किन यसरी भाँङ खुवाइयो भन्ने अहिलेसम्म खुलेको छैन । पक्राउ परेका शिक्षकसँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...