शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ : मन्त्री पोखरेल

काठमार्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने बताएका छन् ।
आज नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)को भक्तपुरमा भएको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शिक्षाका मौलिक हक कार्यान्वयन गरेर शिक्षामा सबैको पहुँच पु¥याउनका लागि ऐन बनाउने बताए । उनले शिक्षा क्षेत्रलाई जागिर खानेमात्र नभएर राष्ट्र निर्माण गर्ने थलोका रुपमा लैजानुपर्ने उल्लेख गरे ।
“जागिरलाई केन्द्रमा राखेर अब शिक्षा नीति नियमसमेत बन्दैन । शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ”, उनले भन्ने।
मन्त्री पोखरेलले राजनीतिक पार्टीपिच्छे खोलिएका शिक्षक संगठनलाई गाभेर एउटै छाता संगठन महासंघ बनाउनुपर्ने बताए ।
उनले मुलुकमा समाजवाद आवश्यक रहेको औँल्याउँदै समाजवाद निर्माण गर्नका लागि शिक्षा क्षेत्रबाट अगुवाइ गरिनुपर्ने धारणा राखे ।
कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले समाजवादी शिक्षाको आधार खडा गर्नुपर्ने भन्दै यसै आर्थिक वर्षबाट शिक्षामा २० प्रतिशत बजेट छुट्याउनु पर्ने बताए ।
‘आजको समाजवाद र समाजवादी शिक्षा’ विषयक दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राजनीतिक विश्लेषक हरि रोक्का, झलक सुवेदीले प्रशिक्षण दिए । प्रशिक्षण कार्यक्रममा देशभरिका १२५ जनाको सहभागिता रहेको छ ।
सम्बन्धित समाचार
महालक्ष्मी नगरपालिकाको निर्णयविरुद्ध उत्रियो प्याप्सन र एनप्याप्सन, निर्णय नसच्याए कानुनी उपचार खोज्ने चेतावनी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगा...
शिक्षक आन्दोलन नरोकिँदा रोकियो कक्षा १२ को परीक्षा, अब वैशाख २१ गतेदेखि हुने
काठमाडौं । बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । अ...
कक्षा १२ को परीक्षा नरोकिने, परीक्षा सञ्चालन गर्न निजामती कर्मचारी खटाउने तयारी
काठमाडौं । शिक्षकहरुले आन्दोलन जारी राखेका बेला राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने क...
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको अधिवेशन, गोविन्द राई अध्यक्ष चयन
धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो अधिवेसनले ...
आजदेखि एसइई सुरु, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी परिक्षामा सहभागी
धनकुटा । आजदेखि माध्यामिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस