अज्ञात समूहद्धारा द्धारीका प्राथमिक विद्यालयमा तोडफोड

Bajura

बाजुुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ८ र ९ बाउलीमा रहेको द्धारीका प्राथमिक विद्मालयका शुक्रबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

अज्ञात समूहले विद्यालय भित्र रहेका विद्यार्थीका पाठ्यपुस्तक, कुर्ची, टेवल, डेक्स दराज लगायतका भौतिक सामाग्रीहरु तोडफोड गरेको विद्यालयका प्रध्यानाध्यापक अम्मर विश्वकर्माले बताएका छन् ।

बनपा ९ का वडा अध्यक्ष विनोदकुमार वि क का अनुसार नौ जनाको समुहले तोडफोड गरेको र केहिको पहिचान समेत भइसकेको बताएका छन्  । उनले बिद्यालय जस्तो सार्वजनिक स्थलमा भएको अाक्रमण निन्दनीय भएको बताउदै दोषीलार्इ कार्वाही गराउन पहल गरिने बताए ।

विद्यालय तोडफोडमा संलग्न रहेको अाशंकामा प्रहरीले दुर्इजना पक्राउ गरेको बताएको छ । अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक हरीबहादुर ओलीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...