सकियो नाईटिङ्गेल स्कुलको रजत महोत्सव

यस्तो छ नाईटिङ्गेल २५ वर्षे यात्रा

29 1

काठमाडौं । नाइटिङ्गेल स्कुलको रजत जयन्ती महोत्सव सम्पन्न भएको छ । सोमबार ललितपुरको लगनखेलस्थित आर्मी क्लवमा भव्य रुपमा समापन भएको हो ।

रजत जयन्ती समापनमा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षाको क्षेत्रमा नाइटिङ्गेल स्कुलले एउटा युग पार गरेको बताए । उनले नाइटिङ्गेल स्कुल प्रभावकारी र गुणस्तरीय शिक्षामा सधैं ध्यान दिएको पनि बताए । श्रेष्ठले दिइरहेको गुणस्तर शिक्षामा कुनै सम्झौता पनि नगर्न उनले आग्रह गरे ।

कार्यक्रममा नाइटिङ्गेल स्कुलका संस्थापक अध्यक्ष एवं वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले अगामी दिनमा पनि यसको साख गिर्न नदिने प्रतिवद्धता जनाए ।

उनले लगातार राष्ट्रिय पुरस्कार पाउने एकमात्र स्कुल नाइटिङ्गेल भएको समेत जानकारी दिए । उनले अब नाइटिङ्गेल स्कुलबाट थप विषयहरु ल्याएर विद्यार्थीहरुलाई थप आकर्षित गर्ने बताए ।

रजत जयन्तीको अवसरमा २५ वर्षदेखि नाइटिङ्गेल स्कुलमा आवद्ध शिक्षक र शिक्षिकालाई नगद २५ हजार र योगदानको कदर गर्दै सम्मान गरिएको छ । सो अवसरमा उत्कृट विद्यार्थी र कर्मचारीहरुलाई पनि नगदसहित सम्मान गरेको थियो । रजत जयन्तीको अवरमा सातै प्रदेशको कला संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

यस्तो छ इतिहास
नाइटिङ्गेल स्कुलले २५ वर्ष पूरा गरेको छ । ५० जना विद्यार्थी र आधा दर्जन विद्यार्थीलाई लिएर २०४९ सालमा स्थापना भएको नाइटिङ्गेल स्कुल स्थापना थियो ।

धुलाम्मे र सानो टहरोबाट शुरु भएको नाइटिङ्गेल सामु थुप्रै चुनौतीहरुको बाबजुद पनि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी राखेको छैन । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस स्कुलका संस्थापक अध्यक्ष एवं बर्तमान युवा तथा खेलकुल राज्यमन्त्री तेजुलाल चौधरी जीवन नै समर्पण गरे भन्दा कत्ति पनि फरक पर्दैन ।

आज नाइटिङ्गेल जुन स्थानमा छ, त्यो देन चौधरी कै हो भन्दा कति पनि फरक पर्दैन । शिक्षालाई व्यवसाय भन्दा पनि गुणस्तर र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने नै उनको चाहना थियो । त्यसैले त आज सबै अभिभावको आँखामा परेको छ नाइटिङ्गेल स्कुल ।

यो २५ वर्षमा एउटा शिक्षण संस्थाको रुपमा मात्र नभएर नेपाल भरिमै शिक्षा क्षेत्रको ब्राण्डको रुपमा स्थापित शिक्षण संस्था बनेको छ । यो अवधीमा पूर्वप्राथमिकदेखि प्लस टू, प्रवीणता प्रमाणपत्र तहको निर्सिङसम्म नाइटिङ्गेलका शाखाहरु विभिन्न ठाउमा विस्तार समेत भइसकेको छ ।

नाइटिङ्गेल स्कुलबाटै २ हजार जना विद्यार्थीहरु बोर्डमा प्रथम स्थान सहित एसएलसी तथा एसइइमा सर्वोत्कृष्ट नतिजा ल्याएको छ । नाइटिङ्गेल स्कुलबाट पढेर गएका विद्यार्थीहरु सफल विशेषज्ञ डाक्टर, इन्जिनियर, पाइलट, वकिल, म्यानेजर, सिइयो, अनुसन्धानकर्मी, प्रहरी तथा सैन्य अधिकृत, कलाकर्मी, व्यवसायी बनेका छन् ।

सरकारले नाइटिङ्गेल स्कुललाई राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट विद्यालयको रुपमा घोषणा गरेर राष्ट्रिय ध्वज, शिल्ड तथा नगद पुरस्कारबाट विभुषित गरेको छ । नेपालमा स्थापित विद्यालयहरुमा एउटा छुट्टै पहिचान बनाएको नाइटिङगेल स्कुलले थुप्रै शिक्षा क्षेत्रमा नया रेकर्ड पनि कायम गरेको छ ।

 

प्रतिकृया दिनुहोस