कारागारमै औपचारिक शिक्षा पूरा गर्दै कैदीबन्दी

Karagar

ललितपुर । औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले शुरु गरेका छन् । कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन् ।

जेलर केसी भन्छन्, “बाहिर हुँदा विभिन्न काम र पेशाले गर्दा पढ्न नपाएकाहरु पनि यहाँ फुर्सद हुँदा पढ्न थालेका छन् ।” कारागार प्रशासनले पनि कैदीबन्दीलाई फुर्सदमा बस्नभन्दा सीपमूलक काम र अध्ययनमा लाग्न प्रोत्साहन गर्दै आएको छ ।

कारागारमा रहेका १९ कैदीबन्दी अहिले एसइइ परीक्षाको तयारी गर्दै छन् । प्रवेशिका परीक्षामा वर्षेनी झण्डै यही हाराहारीमा विद्यार्थी संलग्न हुने गरेका छन् । कारागारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय छ । विभिन्न तहमा अध्ययन गर्नका लागि कारागार प्रशासनले बन्दोबस्त मिलाएको छ ।

यहाँ रहेका कैदीबन्दी पनि शिक्षक रहेको जेलर केसी बताउँछन् । उनी भन्छन्, “पढाउन सक्ने र पढ्न चाहने दुवै यहीँ भएकाले हामीले वातावरण मात्रै मिलाउने हो ।” कारागारमा झण्डै ८ सय  कैदीबन्दी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...