भव्य रुपले मनायो नाइटिङ्गेल स्कुलले रजत महोत्सव

Nightingale school

काठमाडौं । राजधानीको नाइटिङ्गेल इन्टरनेसनल सेकेन्डरी स्कुलले रजत महोत्सव मनाएको छ ।

नेपालको उत्कृष्ट विद्यालयको रुपमा चिनिएको सो नाइटिङ्गेलले रजत महोत्सवको अवसरमा मंगलबार भब्य कार्यक्रम गरेको छ । सो अवसरमा विभिन्न प्रतियोगितामा विजयी छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनको प्रमुख आतिथ्यतामा भएको सो रजत महोत्सवमा विद्यालयका विद्यार्थीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले कलात्मक खेल पनि प्रदर्शन गरेका थिए ।

सो अवसरमा मेयर महर्जनले शिक्षा क्षेत्रमा नाइटिङ्गेल स्कुलले गरेको योगदान सह्राहनीय भएको बताए । उनले शिक्षाको विकासमा लागि शैक्षिक क्षेत्रमा सुधार गर्न जरुरी भएको पनि बताए ।

सो कार्यक्रममा ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल, जिल्ला शिक्षा कार्यालयका प्रमुख रञ्जना प्रधान लगायतले नाइटिङ्गेल स्कुलले देशमै नाम उच्च बनाएकोमा प्रशंसा गरे ।

सो विद्यालयका प्रिस्सिपल तेजुलाल चौधरीले स्थापना कालदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रयासरत रहेकाले पनि आफ्नो विद्यालय देशभरमा उत्कृष्ट हुन सफल बनेको बताए । यो विद्यालय २०७२ मा संस्थागततर्फ सर्वाेकृष्ठ बनेको थियो ।

प्रतिकृया दिनुहोस