चेतनशील प्रतिष्ठानद्धारा जेहनदार तथा विपन्न विघार्थीहरुलाई सैक्षिक सामाग्री वितरण

News pic1

कपिलवस्तु । स्थापनाकालको छोटो समयमै समाजमा सामाजिक काम गरि अत्याधिक चर्चा कमाउन सफल चेतनशील प्रतिष्ठान कपिलवस्तुले आफ्नो कार्यलयको उत्घाटन तथा साविकको गजेहडा सा्रेत केन्द्र अन्तर्गत रहेका सार्वजनिक विद्यालयमा अध्यानरत ५० भन्दा बढी गरीब तथा जेहनदार विघार्थीलाई देउसीभैलो खेली उठेको रकमबाट १ लाख बराबरको शैक्षिक सामाग्री बितरण गरेको छ ।

कपिलवस्तु जिल्ला शिक्षा कार्यलयका प्रमुख सुरेन्द्र राज पराजुलीको प्रमुख आतीथ्यता सहायक जी.शि.अ को बिशिष्ठ अतिथि संस्थाका अध्यक्ष असीम भट्टराईको अध्यक्षता संस्थाका संरक्षक समिर सायरको संचालनमा उक्त कार्यक्रम संचालन भएको हो ।

पराजुलीले भने युवाहरु जाग्यो भने समाजमा जस्तोसुकै परीवर्तन पनि गर्न सकिने बताए । नाम बाट नै प्रष्टहुने चेतनशील प्रतिष्ठानले समाजमा चेतना हुने किसीमका काम गरेको भन्दै प्रसंसा गरेका थिए ।

संस्थाले शीक्षा सम्बन्धि अन्य क्रियाकलाप गर्दै गएका जील्ला शीक्षा कार्यलयबाट दिने सम्पुर्ण सेवा सुविधा उपलब्ध गराउनुको साथै आफ्नो ब्यक्तिगत तर्फबाट पनि सबै किसिमको सहयोग गर्ने बचन व्याक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस