सुदूरपश्चिम विश्वविद्यालयका २८२ विद्यार्थी योग्यमध्य १२० दीक्षित

Supa dichyanta

 

भीमदत्तनगर  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा बताएका छन् ।

देउवाले सरकारले लागू गरेको नीतिका कारण प्रजातन्त्र पुनःस्थापनापछि शिक्षा, स्वास्थ्य र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको दावी गरे ।कञ्चनपुरको भीमदत्तनगरमा सुदूरपश्चिम विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति देउवाले नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका धेरै मुलुकमा उच्च र सुविधाजनक क्षेत्रमा काम गर्न सफल भएको बताए ।  

उनले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको बताउँदै विश्वविद्यालय शिक्षामा गरेको लगानीले नै राष्ट्रमा वर्तमानमा मात्रै नभई भविष्यमा पनि प्रतिफल दिने बताए । सुदूरपश्चिम विश्वविद्यालय स्थापनाका निम्ति यहाँका स्थानीयको पहल महत्वपूर्ण रहेको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले गुणस्तरीय, योग्य र नैतिकवान् जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । 

देउवाले आफ्नै नेतृत्वको सरकारले गत असोजमा यहाँका थप १५ क्याम्पसलाई समायोजन गरी विश्वविद्यालयका आङ्गिक क्याम्पसका रुपमा विकास गरेको पनि बताए ।

सो अवसरमा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षालाई मानवअधिकारको अभिन्न अंगका रुपमा स्वीकार गर्दै सर्वसुलभ शिक्षाको प्रत्याभूतिमा सरकार सदैव तत्पर रहेको बताए । उनले आधुनिक युगमा शिक्षाको महत्वलाई दर्शाउन अन्य संघ÷संस्था, अनुसन्धानमूलक निकायसँगको सहकार्य जरुरी हुने बताए । 

२०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयमा हाल तीन हजार ९०० विद्यार्थी अध्ययनरत छन् । शनिबार दीक्षान्तका लागि २८२ विद्यार्थी योग्य रहेपनि १२० दीक्षित भएका छन् । आज विज्ञान, व्यवस्थापन, मानविकीलगायत पाँच संकायका विद्यार्थी दीक्षित भएका छन् । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...