पूर्वमन्त्री ढकाल र माल्दिप्सका शिक्षामन्त्रीबीच भेटवार्ता

Dhkal 20

माल्दिप्स (माले) । ३ दिने माल्दिप्स भ्रमणमा रहेका पूर्वमन्त्री एकनाथ ढकालले माल्दिप्सका शिक्षामन्त्री डा. ऐशाथ शीहमसँग भेट गरेका छन् ।

माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी हित र शैक्षिक गतिविधिबारे छलफल भएको थियो ।

सो भेटमा पूर्वमन्त्री ढकालले नेपालमा हालै सम्पन्न निर्वाचन र ताजा जनादेशबारे छलफलसमेत भएको सो भेटमा सहभागी मनोज सुर्खेतीले बताए ।

सो भेटमा माल्दिप्सका शिक्षामन्त्री ऐशाथ शीहमले नेपालले शिक्षा क्षेत्रमा गरेको प्रगतिको प्रसंशा गर्दै वाम प्रगतिशील गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन् । उनले ताजा जनादेशअनुसार गठन हुने नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

आइएपिपि एशिया प्रशान्त क्षेत्रको अध्यक्षसमेत रहेका ढकालले सामुहिक मुद्दाहरुमा एशिया प्रशान्त क्षेत्रका सरकार तथा सांसदहरुबी सम्भावित सहकार्यको बारेमा पनि माल्दिप्सका अन्य मन्त्री र सांसदहरुसँग पनि छलफल गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...