खुल्ला दिसामुक्त जिल्लाको माविमै छैन शौचालय

जहाँ खुल्ला चौर बन्छ शौचालय

Acham shauchalaya

अछाम । सरकारले अछाम जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको पनि वर्षौ भइसक्यो । नगरपालिका क्षेत्रभित्र रहेको सरकारी विद्यालयमा नै शौचालय छैन भन्दा कसरी खुल्ला दिसामुक्त क्षेत्र घोषणा भयो भनेर प्रश्न उठ्न सक्छ । तर, यहाँको एक सरकारी विद्यालयमा भने हिलेसम्म शौचालय नै छैन ।

कमलबजार नगरपालिका ७ मा रहेको मनकामनादेवी माध्यामिक विद्यालयमा शौचालय नै छैन । विद्यालयको आफ्नो शौचालय नहुँदा विद्यार्थी र शिक्षक नै खुल्ला चौरमा दिसापिसाव गर्न बाध्य छन् । विद्यालयमा शौचालय नहुँदा खुल्ला चौरलाई शौचालयको रुपमा प्रयोग गर्ने गरेको छन् ।

मनकामना माविको एउटा भएको शौचालय पनि २०७२ मा आएको विनासकारी भूकम्पले भत्काई दिएको थियो । जसलाई विद्यालयले अहिलेसम्म बनाउन सकेको छैन । त्यसयता यहाँका विद्यार्थी, शिक्षक र कर्मचारी नै खुल्ला चौरमा दिसा पिसाव गर्दै आएका छन् ।

शौचालय भत्किएपछि अहिले शिक्षक, विद्यार्थी र सानासाना वालवालिकासमेत खोलानालामा लुकिछिपि दिसा पिसाब गर्न बाध्य भएका छन् । विद्यालयले आर्थिक समस्याका कारण शौचालय बनाउन नसक्दा समस्या आइरहेको प्रधानाध्यापक हेमन्तप्रसाद खतिवडा बताउँछन् ।

विद्यार्थी दिसा पिसाव गर्न खोला नाला जानैपर्ने बाध्यता भएका कारण अधिकांस कक्षामा पूरै विद्यार्थी हुँदैनन् ।

छात्रालाई समस्या
नजिक शौचालय नहुँदा पनि विद्यार्थी खोलानालामा जाने गरेका छन् । दिसा पिसाव गर्न निस्किएका विद्यार्थी कक्षा कोठासम्म आइपुग्न पनि १५ देखि २० मिनेटसम्म समय लाग्ने गरेको छ । यसले पढाईमा समेत नकारात्मक असर पारेको शिक्षक जनकराज ढकालले बताए ।

खासगरी शौचालय नहुँदा महिनावारी भएका छात्राहरु समस्यामा पर्ने गरेका छन् । शौचालय नहुँदा महिनावारी भएको समयमा आफुलाई निक्कै समस्या भएको कक्षा १० मा अध्ययनरत तुल्छिकुमारी भाट बताउँछिन् ।

कोर्ष पूरा हुन गाह्रो
जिल्ला शिक्षा कार्यालयले हरेक पटक गर्ने गोस्ठी र सेमिनारहरुमा शैशिक उपलब्धी बढाउने बताउने गरेको छ । तर यहाँको विद्यालयमा भने शैक्षिक सत्र सकिनै लाग्दा पनि आधा पढाई सकिउको छैन ।

व्यवस्थापनले भने विद्यालयको पछिल्लो अवस्था र शौचालय नभएको गुनासो गर्दैमा समय वित्ने गरेको देखिएको छ । ‘हामीले विद्यालयको अवस्थाको बारे पटकपटक जिल्ला शिक्षा कार्यालयलाई सुनाएका छौं’ प्रअ खतिवडा भन्छन्, ‘यो समस्याको समाधानको पहल गर्दा पनि सुनवाई भएको छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...