अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादन हो : प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई अाइतबार सम्बोधन गर्दै उनले भने, “मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको छ ।”
मुलुकको कला, संस्कृति र परम्पराको संरक्षण गर्न तथा ज्ञान विज्ञान र प्रविधिका क्षेत्रमा समसामयिक अध्ययन अनुसन्धानमा त्रिविबाट निकै ठूलो काम भइरहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, “मुलुकको राजनीति र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश राजनीतिक–सामाजिक एवं प्रशासनिक व्यक्तित्व यसै विश्वविद्यालयका उत्पादन हुन् ।”
प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा देखिएको असमानता हटाई समतामूलक र सबै वर्ग समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ बनाउन राज्यले पहल गरिरहेको बताउँदै उनले विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणीत गर्नेतर्फ आवश्यक ध्यान दिन निर्देशन दिए ।
उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पु¥याउन विश्वबजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएकाले त्यसका लागि सामूहिक प्रयत्नको थालनी त्रिविबाटै होस् भने ।
विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री श्रेष्ठले विश्व विद्यालयको उन्नति, विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने सो अवसरमा प्रतिबद्धता जनाए ।
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति एवं समारोहका प्रमुख अतिथि जगदीश कुमारले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्ने गरी पाठ्यक्रम तयार गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले मुलुकमा उच्च शिक्षाको ५८ वर्षको इतिहासमा अनेकौ चुनौतीको सामना गर्दै राष्ट्रको सर्वाङ्गीण विकासका लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले निकै ठूलो भूमिका निर्वाह गरेको छ भने ।
त्रिचालीसौँ दीक्षान्त समारोहमा २०७३ असार ३ देखि २०७४ जेठ १७ सम्म उक्त विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान र संकाय अन्तर्गतका ६० आङ्गिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतीर्ण गरेकामध्ये आठ हजार २६७ जना सहभागी भएको सो अवसरमा जानकारी दिइयो ।
त्यसमध्ये विभिन्न संकायबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने ६२ जना तथा विश्व विद्यालयका विभिन्न संकायतर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उच्चतम अंक ल्याउने ३१ जना छात्रछात्रालाई विभिन्न पदक तथा पुरस्कार प्रदान गरियो । मुलुकको उच्च शिक्षामा ८३ प्रतिशतभन्दा बढी योगदान त्रिविबाट हुँदै आएको र अहिले पनि जेहन्दार विद्यार्थीको रोजाइको आकर्षण पनि सोही विश्वविद्यालय नै रहेको दाबी गरिएको छ ।
नेपाल सरकारको प्रत्यक्ष लगानीमा दक्षिण एशियामा नै पहिलो र उपयोगी व्याचलर अफ माउन्टेनियरिङ स्टडिज (बिएमएस), विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत एमएस इन माउन्टेन स्टडिज्, वन विज्ञान अध्ययन संस्थानअन्तर्गत एमएस्सी वाइल्ड लाइफ एण्ड वायोडाइभर्सिटी कन्जर्भेशन, मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ मास्टर इन स्पोर्टस् साइन्स र योग विज्ञानमा एकबर्षे डिप्लोमा कार्यक्रम थालनी गरेका पनि सो अवसरमा जानकारी दिइयो । त्रिविमा हाल तीन लाख ५० हजार भन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत रहेको बताइएको छ ।
त्रिविले ४३ औँ दीक्षान्त समारोह सञ्चालन गरिरहँदा देशमा स्वरोजगारमूलक शिक्षा र दक्ष जनशक्तिको प्रश्न घनिभूत ढंगबाट उठिरहने गरेको छ । दीक्षान्त समारोहमा दुई हजार २०० विद्यार्थीका अभिभावक र एक हजार २०० भन्दा बढी त्रिवि कर्मचारीको सहभागिता थियो ।
सम्बन्धित समाचार
अन्ततः शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएसँगै शिक्षकको सडक आन्दोलन र शैक्ष...
धनकुटाको महालक्ष्मी नगरपालिकाका विद्यालय व्यवस्थापन समिति र अभिभावकले जनाए शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता
धनकुटा । देशभरका शिक्षकहरुले पेशागत हितका लागि कानुन निर्माण गर्नुपर्ने भन्दै काठमाडौंमा आन्दोलन ...
महालक्ष्मी नगरपालिकाको निर्णयविरुद्ध उत्रियो प्याप्सन र एनप्याप्सन, निर्णय नसच्याए कानुनी उपचार खोज्ने चेतावनी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगा...
शिक्षक आन्दोलन नरोकिँदा रोकियो कक्षा १२ को परीक्षा, अब वैशाख २१ गतेदेखि हुने
काठमाडौं । बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । अ...
कक्षा १२ को परीक्षा नरोकिने, परीक्षा सञ्चालन गर्न निजामती कर्मचारी खटाउने तयारी
काठमाडौं । शिक्षकहरुले आन्दोलन जारी राखेका बेला राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने क...
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस