चिसो बढेसँगै तराईका विद्यालयमा विद्यार्थीको उपस्थित न्यून

School

उदयपुर । तराईका विभिन्न भागसँगै उदयपुर जिल्लामासमेत केही दिन यतादेखि चिसो र शीतलहर बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको छ ।

अचानक चिसो र शीतलहर बढ्न थालेपछि जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, चौदण्डी नगपालिका क्षेत्रको हँडिया तथा सुन्दरपुर र त्रियुगा नगरपालिकाको जोगीदह क्षेत्रका सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुनथालेको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

अचानक चिसो बढेर बिहान १० बजेसम्म पनि हुस्सुका कारण गाउँघर अन्धकार र चिसो बन्न थालेपछि विद्यालय आउने अधिकांश तल्ला कक्षाका साना विद्यार्थी विद्यालय आउन छाडेको जनता उच्चमावि हँडियाका शिक्षक बाबुलाल चौधरीले बताए ।

यस्तै बिहानभरी पनि शीतलहर र चिसो बढिरहेकाले तल्ला तहका कक्षामा विद्यार्थीको उपस्थिति १०५ पनि हुन छाडेको तपेश्वरी आम्बासीका शिक्षिका सुमित्रा पोखरेल बताउँछिन् ।

विगतका वर्षको तुलनामा यस पटक छिटै पुस महिना शुरु भएसँगै चिसो र शीतलहर ह्वात्तै बढ्न थालेका कारण पनि विद्यार्थीलगायत अन्य वृद्धवृद्धामा शीतलहरले असर पारेको त्रियुगा नगरपालिका– १ जोगिदहका नारायण ढकालको भनाइ छ ।

चिसोको कारण नानीहरु स्कुलनै जान छाडेपछि दिनको १२ बजे घाम नलागेसम्म बच्चाहरू घरभित्रै बस्न थालेको पनि उनले उल्लेख गरे । गत वर्षमा पुसको मध्यदेखि मात्र जिल्लामा चिसो बढे पनि यस पटक पुस महिना शुरु हुनासाथ शीतलहर शुरु भएको जिल्लावासी बताउछन् ।

प्रतिकृया दिनुहोस