म्याग्दीको मंगला गाउँपालिका साक्षर घोषणा

Magdi

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकालाई शुक्रबार साक्षर घोषणा गरिएको छ ।

५ वटा वडा रहेको गाउँपालिकामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिकले अंक अक्षर लेखपढ गर्नसक्ने भएपछि साक्षर घोषणा गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय र गाउँपालिकाले बाबियाचौरमा आयोजना गरेको घोषणा कार्यक्रममा १५ देखि ६० वर्ष उमेर समूहका ११ हजार ७०८ जनामध्ये ९६.३५ प्रतिशत साक्षर बनेको जानकारी गराइएको थियो ।

६ वटा स्थानीय तह रहेको म्याग्दीका मंगला गाउँपालिकासहित पाँच वटा स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ । बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।

जिल्लाका ४५ मध्ये हालसम्म ४३ वडा साक्षर घोषणा भइसकेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो । पुस १४ गते धौलागिरि गाउँपालिकाको ५ मल्कवाङ र ७ ताकमलाई साक्षर घोषणा गर्ने योजना रहेको छ ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षरता प्रतिशत बढोत्तरीले जिल्लाको परिचय बढ्ने र घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...