प्राविधिक र व्यावसायिक शिक्षा विषयमा स्नातकोत्तरको पढाइ हुँदै

Ctvte

काठमाडौँ । प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सम्बन्धी स्नातकोत्तर तहमा अध्ययन अध्यापन शुरु हुने भएको छ ।

काठमाडौँ । विश्वविद्यालय केयु अन्तर्गतको स्कुल अफ एजुकेशनले दक्षिण एशियामा नै पहिलो पटक आगामी वर्षदेखि सो विषयमा अध्यापन शुरु गर्न लागेको हो । नेपालमा हाल सो विषयमा स्नातक तह वा सो सरहसम्म मात्र अध्यापन भइरहेको छ ।

सार्क क्षेत्रका देशले समेत यस विषयमा सो तहमा अध्यापन शुरु नगरेका बताइन्छ । ‘एकातर्फ सरकारी विश्वविद्यालयबाट उत्पादन भएका जनशक्तिले बजारमा आफ्नो ज्ञान र सीप बेच्न मुस्किल छ अर्कोतर्फ निजी क्षेत्रले खोजेको जनशक्ति बजारमा पाउन धौधौ छ ।

यस्तो अवस्थालाई अन्त्य गर्न बजारको माग अनुरुप नयाँ विषयमा अध्यापन शुरु गर्न लागेका हौँ ।’केयु स्कुल अफ एजुेकेशनका डिन प्राडा महेशनाथ पराजुलीले भने ।

उनका अनुसार २ वर्षे सो कोर्स चार सेमेष्टरमा पूरा हुनेछ । हरेक सेमेष्टरमा अभ्यास प्राक्टिकल गर्ने पर्ने बाध्यता रहेको छ । अभ्यासका लागि केयुको आफ्नै तालीम केन्द्र समेत रहेको छ । पाठ्यक्रमका लागि शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक तालीम तथा शिक्षा परिषद्सँग सहकार्य भएको छ ।

सो कोर्स पूरा गर्न ३ लाख शुल्क लाग्ने जनाइएको छ । प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास विषय अन्तर्गत प्राविधिक र व्यावसायिक गरी अलग/अलग विधा अन्तर्गत २५/२५ जना गरी कूल ५० जना विद्यार्थीलाई मात्र अध्यापन गराउने डिन प्राडा पराजुलीले जानकारी दिए ।

अध्यापन हुने विषयका पाठ्यक्रम अन्तिमचरणमा पुगेको विश्वविद्यालयले जनाएको छ । यसका लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित अन्य मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघलगायत प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापन विकास सहयोग गरिरहेका नेपालस्थित दातृ निकायसँग समन्वय एवं छलफल समेत भइरहेको केयु स्कुल अफ एजुकेशनका प्राध्यापक डा प्रकाश भट्टराईले जानकारी दिए ।

एक अध्ययनका अनुसार नेपालको आर्थिक एवं सामाजिक विकासमा सहयोग गरेका अन्तर्राष्ट्रिय दातृ निकायका सहयोगमध्ये एक तिहाइ सहयोग नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनमा नै खर्च हुने बताइएको छ । उसो त भूकम्प पुनःनिर्माण अन्तर्गत कति रकम प्राविधिक र व्यावसायिक शिक्षा तालीममा खर्च भइरहेको छ भन्ने एकीन जानकारी कुनै निकायसँग छैन ।

नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा व्यवस्थापनका कार्यक्रम शुरु भएको ७० वर्ष पूरा भइसकेको छ । ‘यस विषयको अध्ययनबाट स्वरोजगारी हुने त छँदैछ, नेपालको भूगोल अनुसारको यहाँ कस्तो सीप, दक्षता आवश्यक पर्छ ,यस अनुरुपका कृषि, पर्यटन, वन लगायतका क्षेत्रमा अध्ययनकर्ताले आफ्ना ज्ञान र सीपको सही उपयोग गर्नेछन् ।’ प्राडा. भट्टराईले भने ।

पछिल्लो समय प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण ह्वात्तै बढे पनि अध्ययन गरेअनुसारको रोजगारी स्वदेशमा पाउन नसक्दा विदेशिनेको संख्या पनि बढेको छ । वन, कृषि, स्वास्थ्य, पर्यटन, व्यवस्थापनलगायतका जुनसुकै विषयमा स्नातक गरेका अथवा ती विषय उत्तीर्ण गरी उच्च व्यवस्थापनमा काम गरिरहेकाले सो विषय अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले सीप सिक्ने र सिकाउने बीचमा व्यवस्थापन गरी स्वदेशभित्र नै आफ्ना ज्ञान र सीपको अधिकतम प्रयोग गर्नसक्ने बनाउन सो विषयको अध्यापनले टेवा पुग्ने विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...