कक्षा ११ को परिक्षा लिने जिम्मा स्कुलले नै लिने

Sano thimi

काठमाडौँ । कक्षा ११ को परिक्षा अब स्कुलले नै लिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।

कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उनले बताए । कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकहरुसँग बोर्डले छलफल गरिरहेको छ ।

परीक्षाको निर्देशिकाअनुसार प्रश्नपत्र तयारी र सोही अनुसार मोडल बनाएर अभिमूखिकरण गर्ने तयारी बोर्डले गरिरहेको उनले बताए ।

अध्यक्ष पौडेलले हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा आगामी वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतिजा प्रकाशन गर्ने बताए ।

संविधानले नै विद्यालय शिक्षा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म स्थानीय तहले व्यवस्थापन गर्ने व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...