सामुदायिक विद्यालयमा ६ हजार ल्यापटप उपलब्ध

School ss

काठमाडौँ । साँझा शिक्षा ई पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा ६ हजार ल्यापटप उपलब्ध गराएको छ ।

राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो । शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध गराइएको ल्यापटपमा हाल ८ हजारभन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा भिडियो, ५ हजारभन्दा बढी अडियो सामग्री समेटेको छ । सो पुस्तकालय निःशुल्करुपमा शिक्षक, विद्यार्थीले हेर्न सक्ने व्यवस्था गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पाठ्य सामग्रीलाई डिजिटलमा समावेश गरी विद्यार्थीलाई सिकाउँदा प्रभावकारी परिणाम आउने बताउँदै यस्तो व्यवस्थालाई सबै विद्यालयमा विस्तार गर्न सरकारले सहयोग गर्ने बताए ।

संस्थाका कार्यकारी निर्देशक रवि कर्माचार्यले कक्षा २ देखि ८ सम्मका अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका ६०० भन्दा बढी डिजिटल सामग्रीसमेत अंग्रेजी, नेपाली र चेपाङ भाषामा व्यवस्थित गर्न लागिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...