विद्यालयका लागि जापानबाट सहयोग

Schoo

गुल्मी । बागलुङको एक विद्यालयका लागि जापानमा रहेका नेपालीबाट मात्रै २२ लाखभन्दा बढीको आर्थिक सहयोग संकलन भएको छ ।

गल्कोट नगरपालिका ८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिबाट मात्रै ३० लाख ५७ हजार ८६७ संकलन भएको विद्यालयका भूपू विद्यार्थी एवं पत्रकार मेघराज सापकोटा रिष्मेलीले जानकारी दिए ।

विद्यालयका भूपू विद्यार्थी हाल जापानका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा कार्यरत झण्डै एक दर्जनभन्दा बढी नेपालीबाट नगद सहयोग रकम प्राप्त भएको सापकोटाको भनाई छ ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० वर्ष प्रवेश गरेको अवसरमा आउँदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले हीरक महोत्सव मनाउन गइरहेको छ ।

हीरक महोत्सवलाई लक्षित गर्दै विद्यालयले हाल जापानका विभिन्न स्थानमा आर्थिक संकलन अभियानलाई समेत अगाडि बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...