‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Ctvt

काठमाडौँ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीको सञ्चार केन्द्र नेपालमा आयोजित सो कार्यक्रममा प्राविधिक शिक्षाले मुलुकलाई समृद्धतर्फ उन्मुख गराउने वक्ताहरुले उद्घोष गरेका थिए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताए । हाल मुलुक राजनीतिक संक्रमणको अन्तिम अवस्थामा पुगिसकेको बताउँदै अब मुलुकको समृद्धिको लागि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए ।

यसैगरी सिटीइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले सिटिइभिटीमा रहेका समस्या सुल्झाउनका लागि आफु तयार रहेको बताए । सदस्य सचिव वाग्लेले प्राविधिक शिक्षामा सरकारले छुट्याएको बजेट प्रर्याप्त नभएको जनाउ गर्दै यस क्षेत्रमा लगानी बढाउन सरकारलाई आग्रह गरे ।

त्यसैगरी कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महर, अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ्ग, अनेरास्ववियूका सचिव समिक बडाल, अखिल क्रान्तिकारी (विप्लव समूह)का महासचिव दिपेन्द्र चलाउने, प्राविधिक विज्ञ वाइपी घिमिरेलगायतले नेपालमा प्राविधिक शिक्षामा गुणस्तरीयता हुनुपर्नेमा जोड दिए ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा शिक्षा पत्रकारका पूर्वअध्यक्ष प्रकाश सिलवाल, पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीले राज्यले प्राविधिक शिक्षा क्षेत्रमा चलाएको अभियानमा वाच डग भूमिका निर्वाह गर्नुका साथै इट्टा थप्ने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...