बाँकेका विद्यालयमा विपद् जोखिम परियोजना सञ्चालन

Class 11032017085417 1000x0

नेपालगञ्ज । नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा बाँके जिल्लाका १५ विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना सञ्चालन गरिएको छ ।

सेप्टेम्बर २०१८ सम्म सञ्चालन हुने सो परियोजनाले छनोटमा परेका विद्यालयका शिक्षक र प्रधानाध्यापक तथा सरोकारवालालाई विपद् विश्लेषण, न्यूनीकरण, नक्सांकनसम्बन्धी तालीम, विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप, विद्यालय र समुदायबीच सम्बन्ध सुदृढीकरणमा मद्दत पु¥याउने र बाल तथा युवा क्लबको परिचालनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

यहाँस्थित बाँके युनेस्केको क्लबमार्फत सञ्चालन गरिएको सो परियोजना कार्यक्रमअन्तर्गत राप्ती सोनारी गाउँपालिकाअन्तर्गतका जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई परियोजना क्रियाकलापका विषयमा अभिमुखीकरण गराइएको छ ।

त्यसैगरी परियोजनामा समेटिएका विद्यालयका शिक्षकलाई विद्यालयमा आइपर्ने दुर्घटनाबाट बालबालिकालाई तत्काल जोगाउन प्राथमिक उपचार तालीमसमेत दिइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...