रोल्पामा शैक्षिक सुधारको अभियान सुरु

Rolpa edu

रोल्पा । रोल्पाको एक विद्यालयले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको शैक्षिक सुधारको अभियान थालनी गरेको छ ।

पश्चिम रोल्पाको सुकिदह गाउँपालिकामा रहेको सिद्धार्थ मावि घोप्टेओडार जिनावाङल गाउँपालिकाभित्र रहेका ३९ सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले ३ दिने शैक्षिक सुधार कार्यशाला आयोजना गरेको छ ।

ती सामुदायिक विद्यालयबाट २/२ शिक्षकको सहभागितामा गोष्ठी सञ्चालन भएको थियो । गोष्ठी सहजीकरणका लागि विगतको प्रवेशिका परीक्षामा देशभरका सबै सामुदायिक विद्यालयलाई पछि पार्दै तीन पटक प्रथम स्थान हासिल गर्न सफल कालिका मावि वुटवलका शिक्षकको समूहले गरेको थियो ।

तालीम व्यवस्थापन विद्यालयले निःशुल्क गरेको थियो । प्रशिक्षकका लागि स्थानीय समुदाले आआफनो घरमा लिएर खाने बस्ने व्यवस्था गरेका थिए । नमुना विद्यालय अभियान सञ्चालन गरेको सो विद्यालयले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको जनगुनासो आइरहेका बेला गोष्ठीबाट गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको शिक्षक प्रेम वलीले जानकारी दिए ।

प्रविधियुक्त शैक्षिक सुधार तालीम जिल्लामा पहिलो पटक सञ्चालन भएको बताइएको छ । देशमै उत्कृष्ट शैक्षिक स्थान हासिल गरेका विद्यालयले आफ्ना अनुभव कमजोर विद्यालयलाई संप्रेषण गर्ने चलन नभए पनि कालिका माविले भने यस्तो अभ्यासको थालनी गरेको बताइन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...