एजुकेशन इन्टरनेशनलको क्षेत्रीय सम्मेलन शुरु

काठमाडौँ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका शिक्षासम्बन्धी कार्यसूचीको कार्यान्वयनमा शैक्षिक ट्रेड युनियनकर्मीको भूमिकाबारे छलफल गर्न एजुकेशन इन्टरनेशनल इआईको एसिया प्रशान्त क्षेत्रीय ८औँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ ।

नेपालसहित विश्वका करिब ३५ मुलुकका शिक्षक, शिक्षालयका कर्मचारी र राष्ट्रसंघीय निकायका प्रतिनिधि सहभागी सम्मेलनको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गर्दै स्थानीय तहबाट माध्यमिक तहको शिक्षाको व्यवस्थापन शुरु भएको बताए ।

सो अवसरमा इआइका महासचिव फ्रेड भान लियुवेनले सम्मेलनले तय गर्ने कार्यसूचीले दिगो विकास लक्ष्यको शैक्षिक विषयलाई कार्यान्वयनमा लान सहयोग पुग्ने बताए ।

‘ट्रान्सफर्मिङ एशिया प्यासिफिक एजुकेसन युनियन ड्राइभिङ एजुकेशन २०३० एजेण्डा’ विषयको सो तीनदिने सम्मेलनका अवसरमा शिक्षामा निजीकरणको असरसम्बन्धी अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरिने इआइका परियोजना निर्देशक एन्जेलो गाभ्रिलेटोसले जानकारी दिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले नेपालको शैक्षिक उपलब्धि र चुनौतीका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...