कपिलवस्तुमा राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाईयो

Bal diws

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा बाल मैत्रि शासन अधिकारको सम्मान भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस—२०७४ भव्यताका साथ मनाइएको छ ।

सेब द चिल्डे«न, महिला बालबालिका कार्यलय, जिल्ला बाल कल्याण समिति, जिल्ला बाल सञ्जाल को अयोजना तथा कपिलवस्तु नगरपलिका, श्री बुद्ध पदम उच्च मा.वि, रात्न राज्य लक्ष्मी उच्च मा.वि. यशोधारा मा.वि., तौलेश्वर नाथ सास्कृत मा.वि. तथा भगवानदास मा.वि.को सहकार्यमा विविध कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाएका हो ।

कार्यक्रमकै सन्र्दभमा श्री बुद्द पदम उच्च मा.वि, यशोधारा मा.वि, तथा तौलेश्वर नाथ सास्कृत मा.वि.का बालबालिकाहरु बाल अधिकार सम्बन्धि नृत्य तथा गाइकी बाट देशलाई सुचना दिने मुलक नृत्य तथा गाइकी प्रतियोगिता कार्यक्रम भएको थियो ।

नृत्य प्रतियोगिताका निर्णयक मण्डलमा भक्तिराम पन्थी, राम प्रसाद कोईराला तथा राजु अर्याल हुनुहन्थ्यो निर्णयक मण्डलले प्रथम तौलेश्वर नाथ सास्कृत मा.बि. लाई प्रशंसा पत्र र नगद २ हजार द्धितिय श्री बुद्द पदम उच्च मा.बि. प्रशंसा पत्र र नगद १५ सय तथा तेस्रोमा यशोधारा मा.वि.लाई प्रशंसा पत्र र नगद १ हजार जिल्ला बाल कल्याण समितिबाट पुरस्कार स्वारुप प्रदान गरिएको छ । उक्त कार्यक्रमा विभिन्न विद्यालयबाट हजारौ भन्दा बढि बालबालिकाहरुको सहभागी रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...