शिक्षाले सामाजिक, आर्थिक र राजनीति रुपमा जागरुक नागरिक तयार गर्छ : राष्ट्रपति भण्डारी
३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा विद्यापदक प्रदान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उनले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक २३ जना र प्रमाणपत्र तहको नेपाल छात्र विद्यापदक तीन जनालाई प्रदान गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले पदक पाउनेले आफ्नो आर्जित ज्ञान र विद्धतालाई सामाजिक, आर्थिक समृद्धिमा प्रयोग गर्ने विश्वास व्यक्त गरिन् ।
देश विकासको आधार स्तरीय शिक्षा भएको बताउँदै उनले भने,–'शिक्षाले सामाजिक, आर्थिक र राजनीति रुपमा जागरुक नागरिक तयार गर्छ भने आर्थिक रुपमा सक्षम हुने वातावरणसमेत सिर्जना गर्छ ।'
राष्ट्रपति भण्डारीले सदियौँदेखि अभ्यासमा रहेको पूर्वीय ज्ञानलाई संरक्षण र संवद्र्धन गर्दै समयानुकूल आधुनिक ज्ञानको माध्यमबाट समग्र शिक्षा पद्दतिलाई वैज्ञानिक ढंगको बनाउन आवश्यक रहेकोमा जोड दिइन् ।
उच्च शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उनले प्राविधिक विषयमा नेपालमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बन्नु खुशीको कुरा हो भनिन् ।
राष्ट्रपति भण्डारीले संविधानमा आधारभूत शिक्षाको पहुँचलाई निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने व्यवस्था राख्नु खुशीको कुरा भएको बताउँदै भूकम्प, बाढीपहिरोबाट क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माणलाई तीव्रता दिई सबैले सहज रुपमा शिक्षाआर्जन गर्ने वातावरण बनाउन सम्बन्धीत सबैमा आग्रह गरिन् ।
'शिक्षा आर्जन गर्न विदशेमा जान रमाउने, हासिल गरेको सीप, दक्षता, अनुभव र शिक्षा पनि विदेशमै समर्पित गर्ने प्रवृत्ति युवाको एउटा पंक्तिमा देखिएको छ, यो हाम्रो सामु देखिएको एउटा चुनौती हो, यसलाई दीर्घकालीन रुपमै समाधान गर्नका लागि शिक्षा क्षेत्रका सरोकारवाला र नीति निर्माताले समयमै सचेत हुनुपर्छ,' उनले भनिन् ।
राष्ट्रपति भण्डारीले संविधान जारी भई अहिले मुलुक स्थानीय तहको अन्तिमचरणको निर्वाचन सम्पन्न गर्ने अन्तिम घडीमा रहेको तथा प्रदेश र संघको निर्वाचनको मिति घोषणा भई त्यसको तयारीमा जुटेको उल्लेख गर्दै यी निर्वाचनले राज्य सञ्चालनका लागि संवैधानिक र कानूनी व्यवस्थालाई थप संस्थागत र सुदृढ गर्ने विश्वास व्यक्त गरिन् ।
सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख समृद्ध नेपाल निर्माण अहिलको प्रमुख कार्यभार रहेको बताउँदै उहाँले विकासोन्मुख मुलुकबाट नेपाललाई विकासित राष्ट्रमा लैजानु आजको आवश्यकता हो भनिन् ।
कार्यक्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले देश विकासका लागि शिक्षा पहिलो खुड्किलो भएकोले सबै शिक्षित भए मात्रै देश विकास सम्भव रहेको बताइन् । अहिलको शिक्षा पद्दतिलाई परिमार्जन गर्दै स्थानीयकरण, आधुनिकीकरण र विविधिकरण बनाउँदै लैजानुपर्नेमा उनले जोड दिइन् ।
सम्बन्धित समाचार
अन्ततः शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएसँगै शिक्षकको सडक आन्दोलन र शैक्ष...
धनकुटाको महालक्ष्मी नगरपालिकाका विद्यालय व्यवस्थापन समिति र अभिभावकले जनाए शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता
धनकुटा । देशभरका शिक्षकहरुले पेशागत हितका लागि कानुन निर्माण गर्नुपर्ने भन्दै काठमाडौंमा आन्दोलन ...
महालक्ष्मी नगरपालिकाको निर्णयविरुद्ध उत्रियो प्याप्सन र एनप्याप्सन, निर्णय नसच्याए कानुनी उपचार खोज्ने चेतावनी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगा...
शिक्षक आन्दोलन नरोकिँदा रोकियो कक्षा १२ को परीक्षा, अब वैशाख २१ गतेदेखि हुने
काठमाडौं । बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । अ...
कक्षा १२ को परीक्षा नरोकिने, परीक्षा सञ्चालन गर्न निजामती कर्मचारी खटाउने तयारी
काठमाडौं । शिक्षकहरुले आन्दोलन जारी राखेका बेला राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने क...
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस