एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् ।

विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका २ माध्यमिक तहका १ / १ जना कर्मचारिलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर चन्दले बताए ।

‘निजी स्रोतका शिक्षकलाई मात्रै तलबवापत १० लाख तिर्न बाँकी छ’ । स्रोत नभएपछि कहाँबाट जुटाउने समस्यामा परेका प्रध्यापक चन्दले बताए । निजी स्रोतका शिक्षकलाई अवकाश दिइए दरबन्दी नहँुदा विद्यालयमा शिक्षकको अभावमा कक्षा नै प्रभावित हुने भएको बताए ।

उनले भने निजी स्रोतका शिक्षकलाई तलब दिन मात्रै वार्षिकरुपमा १५ लाख आवश्यक पर्छ । आर्थिक सहयोग संकलन गरे ५ लाख जति मात्रै उठ्ने अनुमान छ ।

आधारभूत तहका शिक्षकले गत वर्षको मंसिरदेखि र माध्यमिक तहका शिक्षकले गत वर्षको साउनदेखि तलब नपाएको गुनासो गरेका छन् ।

विद्यालयमा आधारभूत तहमा ६ जना र एक जना माध्यमिक तहमा गरी ७ जना शिक्षक राहत दरबन्दीमा कार्यरत छन् । विद्यालयमा एक जना शिक्षकमात्रै स्थायी दरबन्दीमा कार्यरत रहेका छन् ।

भवन निर्माणकोसमेत ३ लाख तिर्न बाँकी रहेको प्रअ चन्दले बताए । यसअघि विद्यालय परिसरमा रहेका रुख बेचेर निजी स्रोतमा कार्यरत शिक्षकको तलब व्यहोरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...