शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने

नवलपरासी । यहाँ स्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।
कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो ।
आगामी वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने निर्णयसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आइरहेको थियो ।
नवलपरासीका केही विद्यालयले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालय कार्यान्वयनमा लैजाने चरणमा छन् । अष्ट्रेलियाको विद्यालय अवलोकन
गैँडाकोट इंलिस स्कुल गैँडाकोटका एक शिक्षकसहित चार विद्यार्थीले अष्ट्रेलियाको एक विद्यालय अवलोकन गर्न पाउने भएका छन् ।
अर्को वर्षको असार–साउन महिनामा एक साताका लागि अष्ट्रेलियाको द इसिंग्टन स्कुल डार्बिनको अवलोकनका लागि गैँडाकोट इंगलिस स्कुल र इसिंग्टनबीच सहमति भएको प्राचार्य हीरालाल अर्यालले जानकारी दिनुभयो ।
अवलोकनका क्रममा विद्यार्थीहरु जापान र अष्ट्रेलियाद्वारा सञ्चालन हुने वातावरणीय तथा जीव वनस्पति अध्ययन कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
अन्ततः शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएसँगै शिक्षकको सडक आन्दोलन र शैक्ष...
धनकुटाको महालक्ष्मी नगरपालिकाका विद्यालय व्यवस्थापन समिति र अभिभावकले जनाए शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता
धनकुटा । देशभरका शिक्षकहरुले पेशागत हितका लागि कानुन निर्माण गर्नुपर्ने भन्दै काठमाडौंमा आन्दोलन ...
महालक्ष्मी नगरपालिकाको निर्णयविरुद्ध उत्रियो प्याप्सन र एनप्याप्सन, निर्णय नसच्याए कानुनी उपचार खोज्ने चेतावनी
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पालिकाभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक लगा...
शिक्षक आन्दोलन नरोकिँदा रोकियो कक्षा १२ को परीक्षा, अब वैशाख २१ गतेदेखि हुने
काठमाडौं । बैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । अ...
कक्षा १२ को परीक्षा नरोकिने, परीक्षा सञ्चालन गर्न निजामती कर्मचारी खटाउने तयारी
काठमाडौं । शिक्षकहरुले आन्दोलन जारी राखेका बेला राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने क...
शिक्षक आन्दोलनले विद्यालय भर्ना अभियान प्रभावित, १२ कक्षाको परिक्षा पनि प्रभावित हुने
काठमाडौं । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयला...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस