सामुदायिक विद्यालयमा ई–पुस्तकालय : राज्यमन्त्री अधिकारी

Ses nath

काठमाडौँ । प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले बताए ।

बिहिबार १० आौँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले शिक्षाको गुणस्तरका लागि प्रत्येक विद्यालयमा चाँडो भन्दा चाँडो ई–पुस्तकालय स्थापना गर्ने बताए ।

निमित्त शिक्षा सचिव डिल्ली रिमालले मन्त्रालयले चाँडै पुस्तकालय नीति ल्याइने र पुराना पुस्तकलाई बाहिर निकालेर पढ्ने ठाउँको खोजीमा आफूहरु रहेको छ ।

यसैगरी उत्कृष्ट पुस्तकालय समाजसेवी पुरस्कार भोलानाथ शर्मालाई, पुस्तकालयसेवी पुृरस्कार सूर्य क्षेत्रीलाई, पुस्तकालय असलमित्र पुरस्कार दिनेशराज पन्तलाई प्रदान गरिएको छ ।

‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ बिहिबार देशभरि पुस्तकालय दिवस मनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...