जिल्ला शिक्षा कार्यालय रामेछापले अवैधानिक रुपमा शुल्क लिएको खुलासा

2

रामेछाप । अस्थायी शिक्षक संघर्ष समितिले अस्थायी, राहत अनुदान मावि उमावि करारका शिक्षकहरुसँग म्याद थप गर्दा र नियुक्ती समर्थन गर्दा जिल्ला शिक्षा कार्यालयले अवैधानिक रुपमा शुल्क लिने गरेको भन्दै जिल्ला शिक्षा कार्यालयमा सोमबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघर्ष समितिका अध्यक्ष सुभाष चन्द्र श्रेष्ठ र सचिब रुद्र बहादुर केसीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा जिल्ला शिक्षा समितिको मिति २०७४ बैशाख २७ गतेको निर्णय भन्दै म्याद थप गर्दा प्रति शिक्षक ३ देखि ९ सयसम्म शुःल्क लिने निर्णय अबिलम्ब खारेजी हुनुपर्ने यदि उक्त निर्णय खारेजी नगरेमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरी न्यायलय र अख्तियारसम्म पुग्ने चेतावनी दिइएको छ ।

अस्थायी शिक्षाक संघर्ष समितिको बुधवार बसेको कार्यसमितिको बैठकले शिक्षा समितिको उक्त निर्णयले समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै यसबारेमा चेतावनी स्वरुप जिल्ला शिक्षा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

कार्यालयले जिल्ला शिक्षा समितिको निर्णय अनुसार प्राविका लागि ३ सय निमाविका लागि ६ सय र माविका लागि ९ सय म्यादथप गरेबापत लिने गरेको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले भने शिक्षा समितिको निर्णयलाई कार्यालयले पालना गरेको प्रतिक्रिया दिएका छन् ।
तामाकोशी खबर बाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...