हजुरबुबा र हजुरआमालाई सम्मान

Hajur ama

काठमाडौं । काठमाडौंमा विद्यार्थीका हजुरबुबा र हजुरआमा सम्मानित भएका छन् ।

विद्यालयमा आयोजित तिज विशेष कार्यक्रममा बालाजुमा रहेको होली गार्डेन बोर्डिङ हाई स्कुलले विद्यार्थीका हजुरबुबा र हजुरआमालाई सम्मान गरेको हो ।

होली गार्डेनका संस्थापक प्रिन्सिपल किरण प्रधानका अनुसार विद्यार्थी हजुरबुबा र हजुरआमाकै काखमा हुर्किने भएकाले त्यस्तो समान गरिएको हो । सो विद्यालयले ३ वर्षदेखि क्यालेण्डर नै बनाएर यसरी सम्मान गर्दै आएको छ ।

यसरी विद्यार्थीका हजुरवुवा र हजुर आमा सम्मान गरिए पनि आमा बुबालाई भने बोलाइने गरिएको छैन । संस्थापक प्रिन्सिपल प्रधानले भने, ‘आजभोलिका विद्यार्थीले मात्र होइन, समाजमा पहिचान बनाएकाहरुले पनि सम्मान र संस्कार गर्न बिर्सिसकेका छन् । त्यसैले पनि सम्झाउन यस्तो कार्यक्रम गरिएकोे हो ।’

अभिभावक संघका अध्यक्ष बिपी ढकालले समाजमा उहाँहरुको महत्व बढोस् भन्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने, ‘यस्तो कार्यले एकातिर विद्यार्थी र हजुरबुबा हजुरआमा र विद्यालयको सम्वन्ध प्रगाढ हुने छ भने उहाँहरुको सम्मानले सामाजिक दायित्व पनि पूरा हुने छ ।’

२०३३ मा स्थापना भएको सो विद्यालयमा झण्डै ७ सय विद्यार्थी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...