मुलुक परिवर्तन गर्न शिक्षा क्षेत्रको भूमिका महत्वपूर्ण  

पोखरा। मुलुकको प्रत्येक परिवर्तनमा शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको नेपाली काँगेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए ।

नेपाल शिक्षक सङ्घ कास्कीको आठौँ अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी, अभिभावक र शिक्षकको त्रिकोणात्मक सम्बन्ध गरेको बताए ।

सांसद शारदा पौडेलले मुलुक संघीय संरचनामा गइसकेको बताउँदै शैक्षिक क्षेत्रमा पनि सोहीअनुरुप परिवर्तनको खाँचो औँल्याए ।जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शिक्षक आफैँमा मर्यादित र जिम्मेवार हुनु पर्ने विचार व्यक्त गरे ।

नेपाल शिक्षक महासङ्घका राष्ट्रिय उपाध्यक्ष किशोरदत्त बरालले आम शिक्षकका मागप्रति राज्य गम्भीर हुनु पर्ने बताए ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले कक्षा १२ सम्मको शिक्षा स्थानीय तहले सञ्चालन गर्ने संविधानले व्यवस्था गरे पनि नीति र स्रोतका बारे स्पष्ट हुनु पर्नेमा जोड दिए ।

अधिवेशनले रमेश भट्टराईको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ भने उपाध्यक्ष पछि चयन गर्ने सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...