५ विद्यालयलाई पुस्तक तथा आर्थिक सहयोग

Gandhi ma vi 2x0

धनकुटा । नेपाल सिडिएफ धनकुटा द्धारा सञ्चालित बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चानल भएका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको छ ।

बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएका धनकुटा जिल्लाका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको हो ।

विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनमा सहयोग पाएका विद्यालयहरुमा गोलखाडी मावि महाभारत,सरस्वती मावि परेवादिन, भारती मावि हात्तिखर्क, भारती मावि चुङ्गमाङ्ग र रामनवमि मावि वुढिमोरङ्ग रहेको सामुदायिक विकास मञ्च सिडिएफ धनकुटाका सचिव टिकाराम लिंखाले बताए ।

उक्त पुस्तक तथा नगद विद्यालयका संरक्षक शिक्षकलाई गत जेठ महिनामा हस्तान्तरण गरिएको छ । बालबालिकाहरुमा पठन संस्कृतिको विकास गर्न र बालबालिकाहरुलाई बाल साहित्य सृजना गर्ने अभिप्रेरणा जगाउने उद्देश्यले पुस्तक तथा आर्थिक सहयोग वितरण गरिएको संयोजक राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...