शिक्षाको ४ करोड ७७ लाख फिर्ता

222653259262 1200

तेह्रथुम,। आर्थिक वर्ष २०७३÷७४ मा जिल्ला शिक्षा कार्यालयको ४ करोड ७७ लाख ३१ हजार बजेट फिर्ता भएको छ ।

कार्यालयलाई अख्तियारी आएको ७१ करोड ३१ लाख ३९ हजारमध्ये ६६ करोड ५४ लाख ७ हजार खर्च भएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए । गत आवमा ९२ प्रतिशत बेरुजु फछ्यौट भएको छ ।

गत आवमा कार्यालयले ३२ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायत सामग्री हस्तान्तरण गरेको छ ।

१५ विद्यालयलाई विज्ञान प्रयोगशाला, ६ विद्यालयलाई पुस्तकालय र नमूना विद्यालयका लागि वसन्तपुरस्थित वसन्त माविलाई छनोट गरी २९ लाख ५० हजार पूर्वाधार अनुदान उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...