तीव्र बन्यो लायन्सको ‘पढाउ अभियान’

Padhau aviyan pokhara

पोखरा । आर्थिक अभावमा पढ्न बन्चित भएका बालबालिकालाई छात्रवृत्ति दिएर पढाईमा प्रेरित गर्ने उदेश्यले सुरु भएको ‘पढाउ अभियान’ निक्कै प्रभावकारी बन्दै गएको छ ।

अभियान सुरु भएको १ महिनामै करिब ३ करोड रकमको प्रतिवद्धता आएको हो । अभियानमा रकम जम्मा हुने क्रम जारी पनि छ ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७/०१८ को बिशेष कार्यक्रमको रुपमा यो अभियान अगाडी बढाएका थिए । यो अभियान सुरु भएको १ महिनामा ३ करोडभन्दा बढी रकम सहयोग गर्ने प्रतिबद्धता आइको छ ।

समाज सेवाका क्षेत्रमा बर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको लायन्सले शिक्षा क्षेत्रमा योगदान पु¥याउने लक्ष्यसहित पढाउ अभियान थालिएको गभर्नर आचार्यले बताए । आर्थिक अभावमा शिक्षाबाट बञ्चित बालवालिकाहरुलाई बिधालय जाने वातावरण बनाउन समाजका सवै वर्गले सघाउनुपर्ने बताउँदै उनले यस अभियानमा साथ दिन सबैसँग आग्रह गरे । पढाउ अभियानले नेपालको शिक्षा क्षेत्रमा दिर्घकालीन प्रभाव पार्ने उनले बताए।

कोषमा रकम जम्मा गर्न डिष्ट्रिक अन्तरगतका बागमति, गण्डकी र धौलागिरी क्षेत्रमा रहेका लायन्स क्लव र पदाधिकारीबाट प्रतिबद्धता जनाइएको ‘पढाउ अभियान’का प्रमुख चन्द्रकुमार केसीले जानकारी दिए । उनले रोजगारिको सिलशिलामा देश बाहिर रहेका र समाजका प्रतिष्ठित गैरलायन्स व्याक्तित्वबाट समेत अक्षय कोषको लागि आस्वासन पाएको बताए ।

अभियान चलेको करिव महिना दिनमा यस अभियानप्रति लायन्स तथा गैरलायन्सहरुको सहभागिता दिन प्रतिदिन बढ्दै गएको छ । बाममती क्षेत्रको क्लष्टर ५ को पदस्थापनमा ठूलो रकमको प्रतिबद्धता आएको छ । क्लष्टर ५ बाट ६१ लाख ५० हजारको प्रतिबद्धता जनाइएको अभियानका प्रमुख केसीले बताए ।

पर्वतको कुस्मास्थित रहेका पाँच वटा क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रममा क्लष्टर ९ ले ६ लाख रुपैयाको अक्षय कोषकालागि प्रतिबद्धता जनाएका छन्। त्यसैगरी म्याग्दीको बेनीमा क्लष्टर ९ अन्तर्गतकै क्लबहरुको तर्फबाट १५ लाख ५० हजार रुपैयाँ, बाग्लुङस्थित रहेको क्लवहरुको तर्फबाट १० लाख ५० हजार, पोखरास्थित रहेको क्लष्टर १ बाट ७३ लाख, क्लष्टर २ बाट ६५ लाख, क्लष्टर ३ बाट २१ लाख ५० हजार, रुपैयाँ र तनहुँको भिमाद, दुलेगौडा, स्याङजाको वालिङ लगायतका स्थानका क्लव मार्फत ३ करोड संकलन भएको केसीले बताए ।

कोषमा डिष्ट्रिक गभर्नर धनराज आर्याले आफ्ना हजुरबुवाको नाममा ५ लाखको र पुष्पा आचार्यले आफ्ना दाजु चन्द्रप्रसाद पौडेलको नाममा ५ लाखको अक्षय कोष स्थापना गरेका छन् । गैरलायन्सको तर्फबाट पनि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफ्ना स्वर्गीय पिता दयाशंकर पालिखेको स्मृतिमा ५० हजारको ‘दयाशंकर स्मृति छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...