कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक

Sanotimi

भक्तपुर, । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८ सय ९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६ सय ६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उनले जानकारी दिए ।

त्यसैगरी आंशिकतर्फ ९ हजार ४ सय ८९ जना परीक्षार्थी सहभागी भएकामा ४ हजार १ सय ३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उनले जानकारी दिए । परीक्षामा ३ जना परीक्षार्थीको परीक्षा रद्ध भएको छ ।

अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...