शेयरमा कुरा नमिल्दा युनिभर्सल स्कुलमा लफडा

अविभावकलाई स्कुल हाता प्रवेशमा रोक लगाइयो

Maevellos school

काठमाडौं । राजधानीको युनिभर्सल इंग्लिस बोडिङ स्कुलमा सञ्चालकहरु बीच भइरहको शेयर विवाद सडकसम्म आइपुगेको छ ।
राजधानीको मैतिदेवीस्थित युनिभर्सल इंग्लिस बोडिङ स्कुल सञ्चालकबीच लामो समयदेखिको विवाद अन्नतः नाराबाजीसम्म आइपुगेको छ । त्यसको असर विद्यार्थी र अविभावकलाई परेको छ ।

युनिभर्सल इंग्लिस बोडिङ स्कुल र मैतीदेवी चोकमै रहेको द न्यु समिट सेकेन्डरी स्कुलबीच यही शैक्षिक सत्रदेखि एकीकृत भई सञ्चालनमा आएको थियो । त्यसयता सुरु भएको शेयर विवाद साउनको दोस्रो सातासम्म आई पुग्दा उग्र बनेको छ ।

खासगरी सो स्कुलमा प्रिन्सिपल युधिस्ठिर पौडेललाई सञ्चालक समितिले हटाएपछि सञ्चालकहरुको शेयर विवाद अविभावकसम्म पुगेको थियो । त्यसको विरोधमा केही दिनदेखि अविभावकहरुले आन्दोलन गरिरहेका छन् ।

हाल स्कुल प्रशासनले अविभावकलाई स्कुल हाता प्रवेश मै रोक लगाएको छ । मंगलबार बिहान २ घण्टा स्कुल परिषरमा अविभावकले अविभावकलाई पूर्व जानकारी नदिई प्रिन्सिपललाई हटाएको विरोधमा घेराउ गरेका थिए । त्योसँगै विद्यालय प्रशासनले अविभावकलाई गेटमै रोक्ने गरेको छ ।

अविभावकले आन्दोलन गर्ने डरले प्रशासनले सबै गेटमा विद्यालय खुल्ने र बन्द हुने समयमा थप सुरक्षा गार्ड राख्न थालेको छ । बिहानको समयमा त प्रहरीले नै पहरा दिन थालेको छ ।

शेयर नमिल्दा आरोप प्रत्यारोप
पहिले मार्भसल स्कुल थोरै व्यक्तिहरुले सञ्चालन गरेका थिए । तर, न्यु समिटसँग एकता गरेर पछि लगानीकर्ताहरु पनि थपिएका थिए । दुई स्कुलको एकतापछि शेयरधनबीच आपसी मतभेद बढ्दै गएको थियो ।

त्यही क्रममा प्रिन्सिपल पौडेलले ९ कक्षामा अध्ययनरत एक छात्रालाई दुव्यवहार गरेको आरोप लगाइएको छ । त्यही आरोपमा पौडेलले पाउनुपर्ने शेयरमध्ये २५ लाख रुपैयाँको चेक दिएर हटाइएको थियो । सो कुरा प्रशासनले लामो समय लुकाएको र विद्यार्थीको भविश्यमाथि खेलबाढ गरिएको भन्दै अविभावकहरुले विरोध जनाएका थिए । पौडेलले भने, ‘२६ वर्षदेखि स्कुल चलाएर बसेको मान्छेलाई त्यस्तो आरोप लगाउनु दुर्भाग्य भएको बताएका छन् । उनले भने ‘त्यस्तो आरोप प्रमाणित आफु कारवाही भोग्न तयार छु ।’

युनिभर्सल इंग्लिस बोडिङ स्कुलका फाउण्डर तथा डाइरेक्टर भरत गिरी प्रिन्सिपल पौडेललाई कसैले ननिकालेको र उहाँ आफैंले नैतिकताका आधारमा छोड्न चाहेका बताउँछन् । ‘उहाँमाथि नैतिक चरित्र ठीक नभएको आरोपपछि उहाँले प्रिन्सिपल भएर बस्नु पनि ठीक थिएन’ उनले भने, ‘यस्तो अवस्थामा यहाँ आफैंले म काम गर्दिन, मेरो शेयर फिर्ता दिनुस भनेपछि २५ लाखको चेक लानुभएको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...