शिक्षक पुनः आन्दोलनमा

Asthai eduukhabar 17

काठमाडौँ । अस्थायी शिक्षकले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग गर्दै पुाः आन्दोलनमा गरेका छन् । अस्थायी शिक्षक संघर्ष समितिले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट पदयात्रा शुरु गरी पुतली सडक, कमलादी, रत्नपार्क हुँदै भद्रकालीमा कोणसभा गरेको हुन् ।

संयुक्त दबाब समितिका संयोजक प्रवीण न्यौपानेले अर्थ मन्त्रालयले बजेट नदिएको भनी आफूहरुको सहमति पालना गराउन नखोजिएको तर अर्थमन्त्रीसँग आफूहरुले कुरा गर्दा उनी सकारात्मक रहेको जिकिर गरे ।

शिक्षा मन्त्रालयसँग गत असार ९ मा भएको चारबुँदे सहमतिबमोजिम शिक्षा ऐनको आठौँ संशोधन भई शिक्षक सेवा आयोगको परीक्षा सञ्चालन हुनुपर्ने उनीहरुको माग छ ।

सहमतिअनुसार परीक्षामा अनुत्तीर्ण शिक्षकले पनि उचित सुविधा पाउनेछन् । त्यसका लागि कानुन संशोधन आवश्यक छ । आयोगले भने यसअघि निर्धारण गरेको आगामी भदौ ३ गतेको परीक्षा सञ्चालनको तयारी गरेको छ ।

समितिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले बुधबार साँझसम्म माग पूरा नभएमा पुनः आमरण अनशन सुरु गरिने चेतावनी दिए । उनले आफूहरुको माग पूरा गराउन नेपाल शिक्षक महासंघको नेतृत्व असहयोगी भएको गुनासो पनि गरे ।

अस्थायी शिक्षक लक्ष्मी सत्यालले आयोगले हाल २०६१ साउन २२ देखि २०७२ असोज २ भित्र अस्थायीमा नियुक्त शिक्षकलाई परीक्षामा सामेल गराउन लागेकामा ऐन संशोधन गरी २०६१ वैशाख १० देखिका अस्थायी शिक्षक र तल्लो पद लियनमा राखी माथिल्लो तहमा अस्थायी कार्यरतलाई पनि परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने माग गरे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...