बिरेन्द्र बजारमा १० कोठे विद्यालय भवन बन्ने

Bidhyalaya vawan

जनकपुर । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ बिरेन्द्र बजारमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा १० कोठे पक्कि भवन बन्ने भएको छ ।

ढकालकै पहलमा विश्व शान्ति महिला संघ कोरियाको सहयोगमा सो भवन बन्न लागेको हो । १ करोडक लागतमा सो भवन एक वर्षसम्ममा निर्माण गरिसक्ने बताइएको छ । सो भवनको पूर्व शान्तिमन्त्री एकनाथ ढकालले सोमबार शिलन्यास गरे ।

शिलान्यास कार्यक्रममा ढकालले नेपालको शैक्षिकस्तर उकास्न विद्यालयको भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्नेमा जोड दिए । ढकालले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुत एकजुट भएर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिवर्तन गर्न सकिने पनि बताए ।

विश्व शान्ति महिला संघ नेपालकी केन्द्रिय अध्यक्ष ब्लेसी गाडन ढकालले १ करोड लागतमा १ वर्षमा भवन निर्माण सम्पन्न हुने बताइन् । उनले निर्माण हुने भवन संस्थापक मदर मूनको धनुषाबासीलाई प्रेमपूर्ण उपहार भएको बताइन् ।

सो भवन शिलन्यास कार्यक्रममा विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका केन्द्रिय अध्यक्ष सन्तोषकुमार पौडेल, कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यद्वय अब्दुल केयुम शाह, मनोज लाल कर्ण लगायतले विद्यालयको भवन निर्माणपछि विद्यार्थीले सुलभ शिक्षा लिन पाउने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...