आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्प्राण शिक्षा नीति’विस्थापन गर्न माग  

Samsad

काठमाडौँ, । सरकारले आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्प्राण शिक्षा नीति’ लाई विस्थापन गर्नुपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले माग राखेका छन् । ।

सहरी विकास, गृह, श्रम तथा रोजगार, अर्थ, शिक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकमाथि समूहकृतरुपमा दलीय आधारमा छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सकलदेव सुतिहारले दलित समुदायका लागि जनता आवास कार्यक्रममा बजेट कम भएको भन्दै बजेट बढाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा एमाले का गङ्गालाल तुलाधरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्नेमा हाल १० प्रतिशत व्यवस्था गरिएकामा चिन्ता व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका हितराज पाण्डेले विनियोजित बजेट समयमै नभई आर्थिक वर्षको अन्त्यमा एकैसाथ खर्च हुने परम्परामा सुधार आउनुपर्ने बताए । उनले विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय पुनः निर्माणमा ढिलाइ भएको गुनासो गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराईले सरकारले आध्यात्मिक शिक्षा दिएर विद्यमान ‘निष्प्राण शिक्षा नीति’ लाई विस्थापन गर्न माग गरे ।

नेकपा मालेका शिवचन्द्र चौधरीले विद्यालय शिक्षामा राजनीतिकरण भएकाले प्रभावकारी अनुगमन हुनुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले युवालाई स्वदेशकै काम गर्न पाउने अवसर सिर्जनाका लागि बजेट तय गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...