२० प्रतिशत शिक्षामा छुट्याउने प्रतिबद्धता

P18 education2

जाजरकोट । सातवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट छुट्याउने प्रतिबद्धता गरेका छन् ।

जिल्ला शिक्षा कार्यालयले गरेको अन्तक्रियामा नगर प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष लगायतले जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि लगानी बढाउने प्रतिबद्धता गरेका हुन् ।

उनीहरूले शिक्षालाई विकासको आधारको पहिलो प्राथमिकतामा राख्ने तथा २० प्रतिशत लगानी सुनिश्चित गर्ने, पाँचवर्षे जिल्ला शिक्षा योजनालाई कार्यान्वयन गर्दै जाजरकोटलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउन पहल गर्ने र सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउन दबाब दिने भएका छन् ।

त्यस्तै, प्रत्येक गाउँ र नगरपालिकामा शैक्षिकसत्र ०७४ भित्र कम्तीमा एक नमुना विद्यालय निर्माण गर्ने, शैक्षिक अनियमितताविरुद्ध शून्य सहनशीलता नीति लिनेजस्ता प्रतिबद्धता गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

जाजरकोटका जनप्रतिनिधिले शिक्षामा भइरहेको राष्ट्रिय लगानीमा बढाएर २० प्रतिशत पु¥याउने प्रतिबद्धता गरेको जिशिअ सिंहले बताए ।

निधारित समयमा शिक्षक र विद्यार्थी विद्यालयमा उपस्थित हुनु, पाठ्यपुस्तकाको समयमा उपलब्धता, परीक्षा प्रणालीमा सुधार, अस्थायी तथा करार शिक्षक नियुक्तिमा निष्पक्षता हुनु जरुरी रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...