‘पढाउ अभियान’ मा जम्मा भयो सवा १ करोड

Pokhara laons

पोखरा । आर्थिक अभावमा पढ्न नपाएका नागरिकलाई पढाउन पोखराबाट थालिएको ‘पढाउ अभियान’ सुरु भएसँगै दाताहरुको लहर लाग्न थालेको छ । सो अभियान सुरु भएको छोटो अवधी मै १ करोड २५ लाख जम्मा भइसकेको छ ।

गरिवीका कारण शिक्षाबाट बञ्चित छात्र छात्रालाई छात्रवृृत्ति प्रदान गर्ने उदेस्यले थालिएको ‘पढाउ अभियान’ को अक्षय कोष स्थापना भएको छोटो अवधीमै पनि दाताहरुबाट १ करोड २५ लाख रुपैया संकलन भएको छ ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७/०१८ को बिशेष कार्यक्रमको रुपमा अगाडी बढाएका थिए ।

अभियान चलेको करिव दोस्रो हप्तामा यस अभियानप्रति लायन्स तथा गैरलायन्सहरुको सहभागिता दिन प्रतिदिन बढ्दै गएको छ ।
बाममती क्षेत्रको क्लष्टर ५ को शनिबार सम्पन्न पदस्थापनमा ठूलो रकमको प्रतिबद्धता आएको छ । क्लष्टर ५ बाट अहिलेसम्मकै सर्वाधिक ६१ लाख ५० हजारको प्रतिबद्धता जनाइएको अभियानका प्रमुख चन्द्रकुमार केसीले बताए ।

उनले पढाउ अभियानका प्रमुखमा चन्द्रकुमार केसीसहित ५ जनाको समिति बनाएर अक्षय कोष स्थापनाको अभियान अगाडी बढाइएको थियो । अभियान प्रमुख केसीले यो अभियान थालेको छोटो समयमा नै अक्षय कोष स्थापना गर्न दाताहरुको सहयोग प्राप्त हुन थालेको बताउँछन् ।

गण्डकी र धौलागिरी क्षेत्रमा पदस्थापन सुरु भएसँगै रकम संकलन तीव्र भएको छ । गतहप्ता पोखरामा भएको यस क्षेत्रको क्लष्टर ३ को पहिलो कार्यक्रममा पढाउँ अभियान सञ्चालन गर्न २१ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो ।

त्यसैगरी पर्वतको कुस्मास्थित रहेका पाँच वटा क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रममा क्लष्टर ९ ले ६ लाख रुपैयाको अक्षय कोष स्थापना गरेको थियो । म्याग्दीको बेनीमा पदस्थापनकै कार्यक्रममा क्लष्टर ९ अन्तर्गतकै क्लबहरुको तर्फबाट १५ लाख ५० हजार रुपैयाँ अक्षय कोषमा जम्मा भएको थियो । त्यसै गरी बग्लुङस्थित रहेको क्लवहरुको तर्फबाट १० लाख ५० हजार रकम जम्मा भएको थियो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफु गैरलायन्स भए पनि आफ्ना स्वर्गीय पिता दयाशंकर पालिखेको स्मृतिमा ५० हजारको ‘दयाशंकर स्मृति छात्रबृत्ती अक्षय कोष’ स्थापनाको घोषणा गरेका थिए ।

गभर्नर आचार्यले अघि सारेको अभियानलाई पुर्णरुपमा सहयोग गर्ने भन्दै क्याबिनेट अफिसर र क्लव अफिसरहरुको ठूलो संख्याले प्रतिबद्धता समेत जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...