जाग्न थाल्यो ‘पढाउ अभियान’, जम्मा भयो साढे ५२ लाख

Pokhara padhau avuyan

पोखरा । आर्थिक अभावमा पढ्न नपाएका नागरिकलाई पढाउन पोखराबाट थालिएको ‘पढाउ अभियान’ सुरु भएसँगै दाताहरुको लहर लाग्न थालेको छ ।सो अभियान सुरु भएको छोटो अवधीमै पनि साँढे ५२ लाख जम्मा भइसकेको छ ।

गरिबीका कारण शिक्षाबाट बञ्चित छात्र छात्रालाई छात्रवृृत्ति प्रदान गर्ने उदेस्यले थालिएको ‘पढाउ अभियान’ को अक्षय कोष स्थापना भएको छोटो अवधीमै पनि दाताहरुबाट ५२ लाख ५० हजार रुपैया संकलन भएको छ ।

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन वर्ष २०१७÷०१८ को बिशेष कार्यक्रमको रुपमा अगाडी बढाएका थिए ।

उनले पढाउ अभियानका प्रमुखमा चन्द्रकुमार केसीसहित ५ जनाको समिति बनाएर अक्षय कोष स्थापनाको अभियान अगाडी बढाइएको थियो । अभियान प्रमुख केसीले यो अभियान थालेको छोटो समयमा नै अक्षय कोष स्थापना गर्न दाताहरुको सहयोग प्राप्त हुन थालेको बताउँछन् ।

यसअघि डिष्ट्रक गभर्नर धनराज अचार्यले हजुर बुवाको नाममा ५ लाख र पुष्पा आचार्यले आफ्नो स्वर्गीय दाजुको नाममा ५ लाख गरी कूल ५२ लाख ५० हजार रुपैया रकम जम्मा भएको हो । अभियान चलेको करिव डेढ हप्तामा यस अभियानप्रति लायन्स तथा गैरलायन्सहरुको सहभागिता दिन प्रतिदिन बढ्दै गएको छ ।

गण्डकी र धौलागिरी क्षेत्रमा पदस्थापन सुरु भएसँगै रकम संकलन तीव्र भएको छ । शनिबार पोखरामा भएको यस क्षेत्रको क्लष्टर ३ को पहिलो कार्यक्रममा पढाउँ अभियान स१चालन गर्न २१ लाख रुपैयाँ संकलन भएको थियो ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफु गैरलायन्स भए पनि अभियान सपल पार्न आफ्ना स्वर्गीय पिता दयाशंकर पालिखेको स्मृतिमा ५० हजारको ‘दयाशंकर स्मृति छात्रबृत्ती अक्षय कोष’ स्थापनाको घोषणा गरेका थिए ।

त्यसैगरी आइतबार पर्वतको कुस्मास्थित रहेका पाँच वटा क्लवहरुको संयुक्त पदस्थापन कार्यक्रममा क्लष्टर ९ ले ६ लाख रुपैयाको अक्षय कोष स्थापना गरेको छ । आइतबार नै म्याग्दीको बेनीमा पदस्थापनकै कार्यक्रममा क्लष्टर ९ अन्तर्गतकै क्लबहरुको तर्फबाट १५ लाख ५० हजार रुपैयाँ अक्षय कोषमा जम्मा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस