सामाजिक विषयका शिक्षक संगठित

काठमाडौँ, । विद्यालय तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकले आफूहरुको संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरेका छन् ।

समितिको सल्लाहकारमा डा श्रीराम उपाध्याय, विनय कुशियत, खुविराम अधिकारी, बोधकुमार खनाल, गणेश दाहाल रहेका छन् ।

संस्थाले सामाजिक अध्ययन विषयसँग सम्बन्धित मुद्दामा अन्तक्र्रिया गर्ने, सरकारी निकायमा पहुँच विस्तार गर्ने, तालीम सञ्चालन गर्ने तथा सामूहिक भावनाको विकास, सामाजिक विषयको अध्यापनमा एकरुपता कायमको काम गर्ने लक्ष्य लिएको छ ।

विश्व निकेतन विद्यालयमा शनिबार भएको भेलाले शिक्षक महेन्द्र विष्टको संयोजकत्वमा डिल्ली शर्मा, गोविन्द भण्डारी, ज्ञानबहादुर अधिकारी, सुशीला ढकाल, ध्रुव थापा, माधव दाहाल, शान्ता ढकाल, नारायण नेपाल, रामेस्वार्थप्रसाद रौनियार र सूर्यबहादुर गुरुङ सदस्य रहेको समिति गठन गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...