कानुन नबन्दा लोकसेवा आयोगमा अन्योल

Loksewa aayog
काठमाडौँ । संविधानले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवाको परिकल्पना गरेपनि गठनबारे नियम, कानुन नहुँदा लोकसेवा आयोग अन्योल भएको हो । संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ । प्रदेश निर्वाचन नहुँदासम्म आयोगको गठन प्रक्रिया अन्योल रहेको लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मीले जानकारी गराए । उनले आयोगको गठन, काम, कर्तव्य र अधिकार संविधानमा नै प्रदेश कानुनबमोजिम हुने भनेपछि अहिल्यै गठन गर्न नसकिने बताए। । संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा लोकसेवा आयोग हुने व्यवस्था उल्लेख गरिएको छ । लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउने भने तापनि कसरी लिने भन्ने पनि कहीँ स्पष्ट उल्लेख गरिएको छैन । यसैगरी लोकसेवा आयोगले संघीय निजामती कर्मचारीको भर्ना र परीक्षाका लागि प्रत्येक प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने भएको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले संघीय निजामती कर्मचारीका लागि सातवटै प्रदेशमा आयोगको कार्यालय स्थापना गर्ने बताए । उनका अनुसार प्रदेश राजधानी भएका ठाउँमा आयोगको प्रदेश कार्यालय रहने छ । अहिले भएका क्षेत्रीय र अञ्चल कार्यालयलाई नै प्रदेश कार्यालय बनाउने उनले बताए ।

प्रतिकृया दिनुहोस