विद्यालय गाभिएपछि सामुदायीक विद्यालको सम्पत्ति नष्ट

5555

रामेछाप । रामेछाप जिल्लाका ६१ साकुदायिक विद्यालय गाभिएका छन् । जिल्लामा विद्यार्थीसंख्या कम भए पछि सामुदायीक विद्यालयको सम्पत्तिको नष्ट हुँदै गएका छन् ।

विद्यार्थी कम भएका भन्दै गाभिएका विद्यालका भवन तथा फर्निचर लगायतका सामानहरुको संरक्षण नहुँदा नष्ट हुँदै गएका हुन ।
गाभिएका विद्यालयका अधिकाँस भवनहरु अहिले प्रयोग बिहिन अवस्थामा छन् ।

त्यसैगरी ती विद्यालयहरुमा रहेका फर्निचर समेत संरक्षण नहुँदा कतिपय चोरी भएका छन् भने कतिपय फर्निचरहरु नष्ट हुँदै गएका छन् ।

यसैबिच जिल्ला सदरमुकाम मन्थलीको मच्छेडाँडीको राँगेचौर स्थित रणज्योती आधारभूत विद्यालयको भवन र फर्निचरहरु नष्ट हुँदै गएका छन् ।

विद्यालय गाभिए पछि संरक्षण नहुँदा भवन भत्कन लागेको छ । विद्यालयको शौचालय भत्किएको छ । भने भवन पनि मर्मत नगर्दा भत्कन लागेको छ ।

विद्यालय भित्र भएका फर्निचरहरु पानी चुहिएर कुहिन लागेका छन् । विद्यालयका केही कोठाहरुमा स्थानीयहले गहुँ चुटेर फोहोर फालिदिएका छन् भने कुनैमा दिशापिसाप गरि फोहोर गरिदिएका छन् । संरक्षणमा कसैको ध्यान नजाँदा सर्वजनिक सम्पत्ति नष्ट भएको छ ।  तामाकोशी खबरबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...