नवलपरासी ,६ सामुदायिक विद्यालय नमूना घोषित

School building

नवलपरासी, । जिल्लाका ६ सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा घोष्ति भएका छन् ।

जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छ६ विद्यालय छनोट भएका हुन् ।

नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् ।

हरेक नमूना विद्यालयले २ सय विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधासहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् । ती विद्यालयलाई शिक्षा मन्त्रालयले हालै नमूना विद्यालय घोषित गरेकोे हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...