प्रवासीको सहयोगमा रामेछापमा विद्यालय पुनःनिर्माण हुँदै

School

बागलुङ, । जिल्लाको गलकोट क्षेत्रबाट जापान पुगेका प्रवासी नेपालीले रामेछाप जिल्लामा पुगी भूकम्प प्रभावित विद्यालयको पुनःनिर्माण सुरु गरेका छन् ।

गलकोट समाज जापानमार्फत रामेछापको सुनपातीस्थित जागृत आधारभूत विद्यालयमा नयाँ भवन बन्न लागेको हो । २५ लाखको लागतमा बन्ने चारकोठे पक्की भवनको निर्माण कार्य आगामी दसैँसम्म पूरा हुने जनाइएको छ ।

सामाजिक उत्तरदायित्व सम्झेर भूकम्प प्रभावित ठाउँमा पुगी विद्यालय भवन बनाउन लागिएको समाजका अध्यक्ष नरबहादुर थापाले बताए ।

गत अङ्ग्रेजी नयाँ वर्षमा जापानमा विभिन्न सहरमा गरिएको साङ्गीतिक कार्यक्रमबाट जुटेको रकम विद्यालय निर्माणमा खर्च हुने उनको भनाइ छ ।

भवन नभएपछि बालबालिकाले खुल्ला चउरमा पढ्न बाध्य भएको अवस्था थाहा पाएपछि समाजले भवन बनाउने तत्परता देखाएको हो । समाजले शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

गलकोट समाज अहिले जापानलगायत अन्य १२ विदेशी मुलुकमा स्थापना भइसकेको छ । नेपालमा पनि गलकोट समाज काठमाडौँ, पोखरा, बागलुङ र गलकोटमा क्रियाशील छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...